पुराणहरुमा आदि सूर्यको कल्पना गरिएको छ। भनिएको छ परमपिता ब्रह्माजीको मुखबाट सुरुमा “ओऽम्” प्रकट भयो यही सूर्यको आदि स्वरूप तथा सूक्ष्मरूप हो। यद्यपि “ओऽम्”कार भन्दा पहिला पनि ब्रह्माजीले आफ्नो मुखबाट भूः, भुवः तथा स्वः आदि उत्पत्र गरेका थिए। परन्तु जब यी तिनै “ओऽम्”कारसंग गएर मिले तब मात्र सूर्यलाई स्थूल रूप प्राप्त भयो। अर्थात् अशरीरीबाट शरीरीरूप भए सूर्य। तत्पश्चात्महः, जनः, तपः तथा सत्यम्संग मिलेर दशै–दिशाहरुमा प्रकाशित गर्ने द्युतिमान्, कान्तिमय स्वरूप बन्यो। सृष्टिको आरम्भमा उत्पत्र भएको कारणले नै सूर्यको नाम आदित्य परेको हो। एक अन्य पौराणिक लोकप्रिय कथाको अनुसार जब ब्रह्माजीलाई सृष्टि गर्ने इच्छा जागृत भयो तब ब्रह्माजीले आफ्नो दाहिने बुढीऔंलाबाट दक्ष तथा देब्रे बुढीऔंलाबाट दक्ष कि पत्नी बिरणीलाई उत्पत्र गरे। दक्ष प्रजापति तथा बिरणीको गर्भबाट उत्पत्र जति पनि कन्याहरू भए ती मध्ये तेरऔं नम्बर कि कन्या जो अदिति थिइन् तिनको विवाह ब्रह्माजीका पुत्र मरीचि र मरीचिका पुत्र जो कश्यप भए उनीसंग भयो, जो कश्यप सप्तऋषिहरू मध्ये एक हुन्। अदिति र ऋषि कश्यपबाट जो पुत्रहरु उत्पत्र भए ती सबै देवता कहलाए। ऋषि कश्यपकी अरुपनि पत्नीहरु थिए– दिति, दनु, खस, कद्रु र विनिता। दितिबाट दैत्य, दनुबाट दानव, खसबाट राक्षस, कद्रुबाट सर्प र विनिताबाट गरुड आदि पक्षि उत्पत्र भए।
पौराणिक कथाको अनुसार अदितिका पुत्र देवताहरुलाई दैत्य–दानव तथा राक्षसहरुबाट बार–बार युद्धमा पराजय मिलेपछि अदितिले करुण भएर भगवान्सूर्यसंग प्रार्थना गरिन्कि आफ्ना पुत्रहरुको रक्षाका लागि भगवान्सूर्य कश्यप तथा अदितिको माध्यमबाट पुत्ररूपमा प्राप्त हुन्। अदितिको प्रार्थनाबाट प्रसत्र भएर सूर्यको हजारऔँ अंश जसलाई सुषुम्ना पनि भनिएको छ, तिनको गर्भमा आयो। तत्पश्चात् अदितिले निराहार रहेर कठोर तपस्या गरिन्। ऋषि कश्यप यो तपस्या देखेर डराये र भने “त्वया मारितम् अण्डम्” अर्थात् हे अदिति! तिमी निराहार बसेको कारण यो पिण्ड नष्ट हुन सक्छ। अदितिले कश्यपलाई सान्त्वना दिदै भनिन्— हे स्वामिन्! यो पिण्ड नष्ट हुनै सक्दैन किनकि यो पिण्डबाट उत्पत्र पुत्र शत्रुहरुको हन्ता हुनेछ। यसै कारण सूर्यको नाम मात्र्तण्ड परेको हो। अदितिका पुत्र हुनुको कारण पनि सूर्यलाई आदित्य भनिन्छ। सूर्यले आफ्नी माता अदितिको इच्छानुरूप शत्रुहरुको निर्दयता पूर्वक् दमन गरी आफ्ना भाइहरुलाई युद्धमा विजय गराए। तिनीहरुलाई राज्य संचालन तथा राज्यको सुरक्षा सम्बन्धि नियमको विस्तृत शिक्षा प्रदान गरे।
ज्योतिषशास्त्रमा सूर्यलाई “क्रूरग्रह” मानिएको छ। दुष्ट तथा खल होइन। यो कुरा उपर्युक्त कथाबाट ठीक पनि लाग्छ। किनकि ऋषि–पत्नीको तपस्याबाट देवताको रक्षा हेतु जो उत्पत्र भयो त्यो कसरी दुष्ट हुन सक्छ? दुष्टहरुको नाश गर्नाका लागि क्रूरता जस्तो कठोर त हुनैपर्छ। त्यसकारण सूर्यको कृपाले शत्रुहरुमा विजय, राज्यप्राप्ति आदि सब चिज सम्भव छ।
सूर्य भगवान्कि तीनवटी पत्निहरू क्रमशः संज्ञा, राज्ञी र प्रभा मानिएको छ। ऋग्वेदमा त्वष्टाकी पुत्री शरायुसंग पनि सूर्यको विवाहको चर्चा छ। एक मतानुसार शरायु र संज्ञा भनेको एउटै हो। अर्को मतानुसार संज्ञालाई विश्वकर्मा कि पुत्री भनिएको छ। राज्ञीबाट सूर्यका जो पुत्र भए उनको नाम हो रैवत र प्रभाको माध्यमबाट जो पुत्र भए उनको नाम हो प्रभात। कहीं कहीं पुराणहरुमा सूर्यकी पत्निहरुको नाम प्रभा, छाया, उषा, प्रत्युषा तथा निक्षुभा आदि पनि पाइन्छ। संज्ञाबाट उत्पत्र सबैभन्दा ठूला छोराको नाम हो वैवस्वत जस्लाई हामी वैवस्वत मनुको नामले जान्दछौ। यिनै वैवस्वत मनु मानव संस्कृतिका जनकको रूपमा मानिएका छन्। संज्ञाबाट नै जुम्ली सन्तान यम र यमी (यमुना नदी) उत्पत्र भए। यमुना र यमको प्रेमको सम्बन्ध आज पनि लक्ष्मीपूजाको दुई दिन पछाडि यम द्वितीया अर्थात् भाइ–टीकाको रूपमा मनाइन्छ।
संज्ञाको आफ्ना पति सूर्यसंग अतुलनीय प्रेम हुँदा हँुदैपनि उसले सूर्यको तेज सहन गर्न सकिन र संज्ञाले आफ्नो स्थानमा आफ्नै छायालाई आफ्ना पति तथा छोरा–छोरीलाई रेखदेख गर्न भनि आफ्नै पिताको घरमा गई र आफ्नो व्यथा–कथा पितालाई सुनाएर अज्ञातवासमा गई। उत्तरमा हिमालयको घाटिमा संज्ञाले एक मनोहर घोडीको रूप धारण गरी तपस्या गर्न थाली। ज्योतिषशास्त्रमा सूर्यलाई विच्छेद कारकग्रह मानिएको छ। किनकि सूर्यको तेजलाई सहन गर्न सक्ने क्षमता सबैमा हुँदैन। त्यसकारण अधिकतर ज्योतिषमा यो देखिएको छ कि पंचम भावको सूर्यले गर्भ नष्ट गर्ने काम गर्छ र सप्तम भावको सूर्यले वैवाहिक जीवनमा व्यवधान पुर्याउने काम गर्दछ। आफ्नो घरमा भएको यो उथल–पुथलबाट बेखवर सूर्यले छायालाई नै आफ्नी पत्नी संज्ञा सम्झी जीवन व्यतीत गर्न थाले जसको फलस्वरूप सूर्य र छायाबाट पनि दुई पुत्रहरुको जन्म भयो क्रमशः मनु तथा शनिश्चर। छायाको प्रेम संज्ञाका छोरा–छोरी (यम–यमी) भन्दा आफ्ना छोराहरुमा धेरै थियो। कालान्तरमा आफ्नी विमाताले गरेको व्यवहार यमले सहन गर्न सकेन र विरोध गर्यो। यसबाट छायालाई निकै क्रोध आयो र छायाले यमलाई श्राप दिइन्। यम आफ्ना पिता सूर्यको शरणमा गए। सूर्यले यमलाई श्रापबाट मुक्त त अविलम्ब गरिदिए तर स्वयं चिन्तामा परे कि आखिर कुनै माता आफ्नो सन्तानलाई श्राप कसरी दिन सक्छे? कुपित सूर्यले छायाको केश समाति लुछ्न थाले पछि छायाले सबै कुरा यथार्थ भनिन्कि संज्ञाले हजुरको तेज सहन गर्न न सकेको कारण उन्हीं त्यहाँबाट गएकी हुन्। सूर्य पछुताउँदै आफ्ना ससुरा विश्वकर्माको शरणमा गए। तब विश्वकर्माले सूर्यको तेज कम गर्न विष्णुको चक्र, शिवजीको त्रिशूल, यमको दण्ड र देवताका सेनापति कात्र्तिकेयको पाशको रचना गरे। त्यस पछाडि सूर्य स्वयं घोडाको रूप धारण गरी त्यहाँ गए जहाँ संज्ञाले तपस्या गरिरहेकी थिई। यो अलौकिक मिलनबाट पनि सूर्यलाई दुईवटा जुम्ली सन्तानको प्राप्ति भयो जो अश्विनी कुमार भनिए।
सूर्यको रथमा एउटै पाङ्ग्रो छ जसलाई हामी संवत्सर भन्दछौ। यो एउटा पाङ्ग्रोमा १२ वटा डण्डा लागेका छन्जो १२ महिनाको प्रतीक हो। सूर्यलाई ज्योतिषशास्त्रमा कालदर्शी पनि भनिएको छ। समयको बोध गराउने वाला–दिन रातको कारक तथा ऋतुहरुको सृष्टि गर्ने वाला किनकि सूर्यको एउटा प्रसिद्ध नाम हो सविता जसको अर्थ हुन्छ सृष्टि गर्ने वाला “सविता सर्वस्य प्रसविता” अर्थात् सबैलाई जन्म दिने वाला हुन् सूर्य। सूर्यका प्रथम पुत्र हुन् वैवस्वत मनु जसले यो सृष्टिको गतिविधिलाई अगाडि बडाए। दोस्रा पुत्र हुन् यम–जो कालका अवधारक भए। तेस्रा पुत्र भए मनु जसले हामीलाई “मनुस्मृतिको” ज्ञान दिए। चौथा पुत्र भए शनि महाराज जो आयु तथा कर्मको प्रतिनिधि गर्दछन्। अरू पुत्र भए अश्विनी कुमार जो अलौकिक चिकित्सक मानिन्छन् तथा देवताहरुको रक्षा गर्दछन्। अतः सूर्यको सम्बन्ध सम्पूर्ण परिवार, शरीर तथा स्वास्थ्यसंग जोडिएको छ।
जन्म कुण्डलीमा सूर्यको अवस्था हेरी व्यक्तिको शारीरिक एवं आध्यात्मिक स्वास्थ्यको अन्दाज लगाउन सकिन्छ। सूर्यले आफ्नी पत्नी छायाको त केश लुछे भने हामी मानवको त के कुरा? लग्नमा उपस्थित सूर्यले कपालमा कमी ल्याउँछ। सूर्यको तेजलाई उनकै अत्यन्त स्नेही पत्नीले त सहन गर्न सकिनन् भने अन्य ग्रहहरुको के औकात्? कुनै पनि ग्रह सूर्यको एकदम समीप आउदछ भने त्यसलाई ग्रहअस्त छ भनि भन्दछौ किनकि सूर्यको निकटतम ग्रहहरुको आफ्नो शक्ति क्षीण हुन्छ।
सूर्यलाई अक्सर राहुले ग्रहण लगाउछ, किनभने पुराणमा एउटा कथा आउछ कि सूर्यले सबै देवताहरुको रक्षाका लागि राहुसंग शत्रुता गरे। समुद्र मन्थन गरी निस्केको अमृतको पान त सबै देवताहरुले गरिसकेका थिए तर राहुको कोपको भाजन केवल सूर्य र चन्द्र भए। यसबाट कुपित भएर सूर्यले सारा पृथिवी मण्डललाई तपाउन प्रारम्भ गरे– लाग्यो कि चारैतिरबाट अग्निको वर्षा भइरहेको छ। तब ब्रह्माको पास दौडिदै गएका देवताहरुले ब्रह्माजीको आज्ञानुसार अरुणलाई सूर्यको सारथी नियुक्त गरे। यी अरुण पनि ऋषि कश्यपका नै पुत्र हुन्, तर अरुणका खुट्टा छैनन्। अरुणका दुई पुत्र भए जसको क्रमशः नाम जटायु र सम्पाती थियो। यी उही जटायु हन्जो सीता हरणको समयमा रावण द्वारा मारिएका थिए।
अरुणले सूर्यको रथलाई यसरी हाँके कि पृथिवीमा सूर्यको कोपको प्रभाव कम भयो र सृष्टि बच्यो। त्यसैले ज्योतिषशास्त्रमा भनिएको छ कि सूर्यको साथमा यदि कुनै शुभग्रह भए सूर्यको क्रूरतामा कमी ल्याउदछ। सूर्यको मेष राशिमा प्रवेशको दिनको स्वामी (बारेश) उस वर्षको मन्त्री हुन्छ। यस्तै कर्कमा प्रवेशको दिनको स्वामी सस्येश, सिंहमा प्रवेशको स्वामी दुर्गेश, कन्यामा प्रवेशको स्वामी धनेश, तुलामा प्रवेशको स्वामी रसेश, धनुमा प्रवेशको स्वामी धान्येश, मकरमा प्रवेशको स्वामी नीरसेश, मीनमा प्रवेशको स्वामी फलेश तथा आद्र्रा नक्षत्रमा प्रवेशका स्वामी मेघेश हुन्छन्। यस प्रकार चैत्र शुक्ल प्रतिपदा जुन दिन पर्दछ त्यो दिनका स्वामी राजा तथा बर्षेश हुन्छ। वृष, मिथुन, वृश्चिक र कुम्भ राशिमा सूर्यको प्रवेशलाई केही नाम दिएको छैन।
ज्यो.डा.सन्तोष उपाध्याय रेग्मी
एम.ए.ज्योतिष,पि.एच.डी.ज्योतिष