मा, मी, मु, मे, मो, टा, टी, टु, टे” यी नौ (९) अक्षर मध्येबाट नाम सुरु भएमा सिंह राशि हुन्छ। सिंह राशिमा जन्मेको स्त्री वा पुरुषको राशि स्वामी सूर्य स्थिर संज्ञा, उग्र स्वभाव, क्षत्रियवर्ण, पित्तप्रकृतिवाला, पूर्बदिशाको स्वामी, खरो होला। लग्नस्थानमा सिंह राशि परेकोले गहुँगोरो वर्णवाला, तिखो बुद्धि भएको होला। चौथों स्थानमा वृश्चिक राशि परेकाले पसिना धेरै आउला र सधै प्रसन्न हुने होला। चिसोले सताउला। पीठ्यु, घाटी, कम्मर वा पेटमा केही दाग वा चिन्ह खत होला। पढेको चाडैं बिर्सिने होला। पति वा पत्नीबाट सुख होला। कृषिबाट, सेवाबाट वा यात्राबाट धन लाभ होला।
सिंह राशिलाई पूर्व दिशातिर अधिक लाभ होला। व्यापारबाट राम्रो लाभ होला। आइतबार, सोमबार, मङ्गल र बिहीबारको दिन राम्रो होला भने शुक्रबार र शनिबार खासै राम्रो नहोला। यस्ता व्यक्ति साधुको भक्त, सफाईमा ध्यान दिने, सबैको प्रिय, सुन्दर बोल्ने, भ्रमण प्रिय, पानीदेखि डराउने होला र साझेदारीबाट लाभ मिल्ला। राम्रा साथीभाई भएको, छिटो रिसाउने, बोलीमा अरुलाई जित्न खोज्ने, बुबा-आमाको सम्मान गर्ने होला।
सिंह राशिलाई नवौं सूर्य, छैटौं चन्द्रमा, दशौँ मङ्गल, सातौ बुध, एघारौं बृहस्पति, बाह्रौं शुक्र, आठौँ शनि, पहिलो राहु तथा केतु, मूल नक्षत्र, धृति योग, बव करण, मकर लग्न (यात्राको लागि) मकर राशि, शनिबार, जेठ महिना, तृतीया, अष्टमी र त्रयोदशी आदि जयातिथिहरु घातक होला। मेष, कर्कट, सिंह वृश्चिक, धनु, मीन राशिवालासँग मित्रता रहला भने वृष, तुला, मकर, कुम्भ राशिसँग शत्रुता होला। मिथुन र कन्या राशिसँग समभाव रहला। २, २०, ३० बर्षमा शरीरमा समस्या होला।
विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।