विवाहमा वर्ण मिलान

विवाहमा वर्ण मिलान

वर्ण ज्ञान 
मीनालिकर्कटा विप्रा: क्षत्री मेषो हरिर्धनु: ।
शूद्रो युग्य तुलाकुम्भौ वैश्यो कन्यावृषौ मृग: ।।

मीन, वृश्चिक र कर्कट राशिको ब्राह्मण वर्ण हुन्छ। 
मेष, सिंह र धनु राशिको क्षत्रिय वर्ण हुन्छ ।
कन्या, वृष र मकर राशिको वैश्य वर्ण हुन्छ। 
मिथुन, तुला र कुम्भ राशिको शुद्र वर्ण हुन्छ। 

वर्ण फल 
नोत्तमामुद्वहेत्कन्यां  ब्राह्मणी च विशेषत: ।
म्रियते हीनवर्णश्च ब्राह्मण सदृशो यदि।। 
विप्र वर्णे च या नारी शूद्रे वर्णे च य: पति: ।
ध्रुवं भवित वैधव्यं शक्रेस्य दुहिता यदि ।। 

उत्तम वर्णकी कन्या र नीच वर्णको पुरुषको विवाह हुन्छ भने पुरुषको मृत्यु हुन सक्ने सम्भावना रहन्छ र त्यसमा पनि ब्राह्मण वर्णकी कन्या सँग अन्य वर्णको पुरुषले विवाह गर्न राम्रो मानिदैन। ब्राह्मण वर्णकी कन्या र शूद्र वर्णको पुरुषको विवाह हुन्छ भने भगवान इन्द्रको छोरी भएपनि त्यो विधवा हुन्छे। 

विवाहको लागि गुण मिलान गर्दा जम्मा ३६ गुण हुन्छन् र जसमध्ये १ गुण वर्णको हुन्छ अर्थात् यदि वर्ण एउटै हुदाँ ३६ अङ्कमा १ अङ्क प्राप्त हुन्छ।  वर्णको ज्ञान पनि विवाह मिलानको लागि महत्वपूर्ण भएकाले यसको बारेमा हामीले यहाँ प्रस्तुत गरेका हौ र यो वर्ण राशिको आधारमा रहेकाले हाम्रो समाजमा रहेको वर्ण सँग यसको कुनै सरोकार छैन। तपाईं जुनसुकै परिवारमा जन्मिए पनि यदि तपाईंको राशि मिथुन, तुला वा कुम्भ छ भने तपाईंको शुद्र वर्ण हुन्छ। 

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *