मंगल ग्रहको पौराणिक कथा
मंगललाई भूमिपुत्रको रूपमा जानिन्छ। प्रत्येक कल्पमा मंगलको जन्मबारे भिन्न-भिन्न कथा पाइन्छन्। प्रायः प्रत्येक कथामा मंगललाई भूमिपुत्र नै मानिएको छ। ब्रह्मवैवत्र्त पुराणको अनुसार वाराह कल्पको कथा यो छ कि जब हिरण्यकश्यपको दाई हिरण्याक्षले पृथिवीलाई चोरेर अनन्त सागरको गहीराईमा लुकाएर राखेको थियो तब भगवान् नारायणले स्वयं वराहरूप धारण गरी हिरण्याक्षलाई युद्धमा मारेर पृथिवीको उद्धार गर्नु भयो। वराह अवतारको समय भगवान् नारायणको रूप र तेज करोडों सूर्यको समान असह्य थियो अतः पृथिवीको इच्छा पूर्तिहेतु भगवान्आफ्नो मनोरम रूपमा उपस्थित भए तथा पृथिवीको साथमा एक दिव्य वर्ष तक एकान्तवास गरी बसे। यही अवधिमा वराहरूपी भगवान्तथा पृथिवीको माध्यमबाट मंगलको उत्पत्ति भयो।
एक अन्य कथाको अनुसार सतीदेवीको मृत्युबाट बिचलित भोले–बावा कैलाश पर्वतमा आफ्नो बिचलित चित्तलाई एकाग्र गर्न घनघोर तपस्या गरे। जब भगवान् भोले–बावाको तपस्या पूर्णभयो तब उनको शरीरबाट पसीनाको एक थोपा पृथिवीमा खस्यो र त्यसबाट एक सुन्दर बाककको उत्पत्ति भयो। पृथिवी माताले यो दैविक उपहार स्वीकार गरिन्। बच्चा मंगलकारी हुन्छ, यो बच्चाले सबैलाई सुख तथा समृद्धि दिन्छ। यो बालक शक्ति, ऊर्जा तथा क्रिया–शीलताको कारक हुनेछ भनि यस्तो आशीर्वाद भगवान् भोले–बावाले त्यो बालकलाई दिए जसको नामकरण मंगल भयो। मंगल अर्थात्शुभकारी। मंगल भूमिपुत्र हो अतः जग्गा–जमिन, जायदाद, घर, वाहन आदिको कारकग्रह हो मंगल। मंगलको मतलव हुन्छ उगयोगी कार्यशीलता, कर्मठता, आत्म–विश्वास तथा यदा कदा घमण्ड पनि। मंगल र शुक्र क्रमशः पुरुष तथा स्त्री द्योतक ग्रह हुन्। मंगल नै स्त्री–पुरुषको एक अर्काप्रति आकर्षण, मेल तथा उसको परिणामको कारकग्रह हो। मंगललाई सेनाध्यक्ष पनि भनिन्छ, अर्थात् प्रधान सेनापति। पुरुषार्थ गर्नु, वीरता देखाउनु, शत्रुमाथि विजय प्राप्त गर्नु यी सबै गुण मंगलका हुन्।
ज्यो.डा.सन्तोष उपाध्याय रेग्मी
एम.ए.ज्योतिष,पि.एच.डी.ज्योतिष