श्रीमद्भागवत–महापुराणको अनुसार ऋषि अत्रि तथा अनुसूयाका पुत्र हुन् चन्द्रमा। एक समय ब्रह्मा, विष्णु र शंकर जी देवी अनुसूयाको पतिव्रता धर्मको परीक्षा लिनका लागि भिक्षुकको भेष धारण गरी उनको आश्रममा गए। देवी अनुसूयासंग भिक्षा लिनका लागि ब्रह्मा, विष्णु र शंकरजीले विचित्र शर्त राखे र भने— हे माता अनुसूया! यदि हजुरले हामीलाई भिक्षा दिने हो भने पूर्णतया निर्वस्त्र भएर भिक्षा दिनु? माता अनुसूयाले यी त्रिदेवले गरेको लिला बुझिन् र आफ्नो पतिव्रता धर्मको बलमा तिनै देवलाई शिशुको रूपमा परिवर्तित गरी भिक्षा दिइन्। तर यो क्रममा माता अनुसूयाको मातृत्वप्रेम जागृत भयो र उनले ब्रह्मा, विष्णु र शंकरसंग पुत्रको इच्छा जागृत् गरिन्। ब्रह्मा, विष्णु र शंकरजी प्रसत्र भएर आशीर्वाद दिए र क्रमशः देवी अनुसूयालाई तीन पुत्र प्राप्त भए– दत्तात्रेय, चन्द्रमा र दुर्वासा। ज्योतिषशास्त्रसंग चन्द्रमालाई जाँच गर्दा ध्यान दिनुपर्ने कुरा के हो भने यहाँ ब्रह्मा, विष्णु र शंकरजीको छलको कारण चन्द्रमा छल–कपटसंग जुडे त्यसकारण ज्योतिषमा चन्द्रमालाई मनको कारकग्रह मानिएको छ अतः मन त छली नै हुन्छ। हरिवंश पुराणमा कथा आउछ कि ब्रह्माजीले सृष्टिको आरम्भमा सात मानस पुत्रहरुको रचना गरे जो पूर्णतः वैराग्यको तरफ उन्मुख भए। ती सात मानस पुत्रहरुमध्ये एक पुत्र थिए ऋषि अत्रि। अत्रि कि पत्नी भगवान्कपिल कि दिदी देवी अनुसूया भइन्। देवी अनुसूयाको पतिव्रता धर्मको चर्चा त धेरै पटक आउछ। देवी अनुसूयाले पुत्रको रूपमा चन्द्रमालाई पाउने कामना गरिन् र अत्यन्त श्रद्धाभावले उनको ध्यान गरिन्। यो ध्यानस्वरूप उनको आँखाबाट यस्तो ज्योति निक्ल्यो जो चन्द्रमाको समान कान्तियुक्त थियो। दश दिशाहरू क्रमशः पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर, ईशान, ऊध्र्व र अध (पाताल) यो ज्योतिलाई आफ्नो गर्भमा लिएर पोषण गरिन्।किन्तु यो तेज ती दिशाहरुबाट पनि थाम्न अत्यन्त कठिन भयो र पृथिवीमा खस्यो र यही कान्तियुक्त परन्तु शक्तिहीन चन्द्रमा भए जसलाई पछाडि ब्रह्माजीले उठाएर आफ्नो रथमा बसाली पुरा पृथिवीको २१ पटक परिक्रमा गराए र मन्त्रोच्चारण द्वारा दश दिशाबाट शक्ति प्रदान गराए। यस कारण चन्द्रमालाई जीवन मिल्यो।
ज्योतिषमा चन्द्रमालाई औषधी, वनस्पती, बीज, जल तथा ब्राह्मणहरुको स्वामित्व प्रदान छ। एउटा कुरा अब ज्योतिषीय सन्दर्भमा यो देख्नु हो कि यदि जन्म कुण्डलीमा चन्द्रमा कमजोर पनि भए उचित मन्त्रोच्चारण द्वारा शक्तिशाली बनाउन सकिन्छ। चन्द्रमा मनको कारकग्रह हो–मन जसबाट हामी आफ्नो भविष्यको निर्णय लिने गर्दछौ। मनको चंचलता त चारैतिर फैलिएको हुन्छ अतः मन कतिखेर कहाँ पुग्छ यो कसैले भत्र सक्दैन। मनलाई स्थिर पार्नका लागि ब्रह्माजीका मानस पुत्रहरुले तप गरे, वेद पाठ गरे। अतः मनको शान्तिको लागि यी दुई कुरा अर्थात्तप तथा धर्मग्रन्थ वेदादिको पाठ प्रमुख सहायक हुन्। माता–पिता तथा सन्तानको बीचको जो सम्बन्ध हुन्छ त्यसको कारण चन्द्रमा नै हुन्। हरिवंश पुराणको आख्यान अनुसार दक्ष प्रजापतिका सत्ताइस कन्याहरू क्रमशः अश्विनी, भरणी, कृत्तिका, रोहिणी, मृगशिरा आदि कन्यासंग चन्द्रमाको विवाह भयो। महाभारत वन पर्वको अनुसार चन्द्रमाकी सबै पत्नी पतिव्रता धर्मको पालन गर्ने सुशीला र सुन्दर थिए तर पनि चन्द्रमा रोहिणी प्रति धेरै नै आसक्त थिए, परिणाम स्वरूप चन्द्रमाका ससुरा दक्ष प्रजापतिले चन्द्रमालाई क्षयरोग हुने श्राप दिए। भयभीत चन्द्रमाले तुरुन्तै सोमनाथ मन्दिर बनाएर भगवान् शंकरको आराधना समुद्रतटमा गरे। भगवान् शंकरका द्वादश ज्योतिर्लिङ्गहरुमा सबैभन्दा पहिला भनिन्छ “सौराष्ट्रे सोमनाथं च” अर्थात्सौराष्ट्रमा शंकर जी सोमनाथ (चन्द्रमाका स्वामी) को नामबाट प्रसिद्ध हुनुहुन्छ। त्यसै कारण भगवान्शंकरको एक नाम हो चन्द्रशेखर अर्थात्जसले चन्द्रमालाई शिरमा धारण गरेको छ। शंकरजी चन्द्रमाको पूजाबाट प्रसत्र भएर भने कि यद्यपि दक्ष प्रजापतिले दिएको श्रापबाट मुक्ति त सम्भव छैन तर पनि मेरो कृपाले क्षयरोग भएता पनि पूर्ण शरीर धारण गर्नेछौ। यस प्रकार चन्द्रमा क्षय हुने र पूर्णहुने गर्दछन्। पूर्णिमादेखि अमावस्या तक दक्षको श्रापको कारण चन्द्रमाको शरीरको क्षय हुन्छ र अमावस्यादेखि पूर्णिमा तक शंकर जी को आशिर्वादले चन्द्रमाको शरीर पुष्ट हुन्छ। यही क्रममा चन्द्रमाले कसम पनि खाए कि उनी प्रत्येक पत्नीको साथमा बराबर अर्थात् एकदिनको समय व्यतीत गर्नेछन्। यही कारण हो कि आज पनि चन्द्रमा एक दिन एक नक्षत्रमा रहन्छन्, किनकि यी सत्ताइस नक्षत्र नै चन्द्रमाका पत्नी हुन्। वर्तमान समयमा क्षयरोगलाई हामी टि.वी. को नामले जान्दछौ। क्षयरोगको सम्बन्ध फेफडा– (फोक्सो) छातीसंग हुन्छ, यही कारण हो कि यदि कसैको चन्द्रमा कमजोर छ भने उसलाई छाती सम्बन्धी रोगले सताउछ।
पुराणहरुमा एउटा अर्को कथा पनि मिल्दछ कि चन्द्रमाले आफ्नो कमजोर मनको कारण देवगुरू बृहस्पति कि धर्मपत्नी तारालाई बलपूर्वक हरण गरी लगे। चन्द्रमाले यो कूकृत्य भाद्रपदमास शुक्लपक्षको चौथीको दिन गरेका थिए यसै कारण चौथीका चन्द्रमालाई देख्न वर्जित गरिएको छ। भनिन्छ कि भाद्रपदमास शुक्लपक्ष चौथीको चन्द्र दर्शन गरे मनमा कुविचार आउछन्। चन्द्रमा र ताराबाट एक पुत्र उत्पत्र भयो। यो पुत्र बडा मेधावी (बुद्धिमान्) थियो जसलाई हामी बुधको नामले चिन्दछौ। पछाडि देवताहरुको हस्तक्षेप पछि बुधलाई र तारालाई बृहस्पतिको साथमा जिम्मा लगाये। परन्तु चन्द्रमाको यो दुष्कृत्यले उसलाई (बुधलाई) घर न घाटको बनायो। चन्द्रमालाई पनि पश्चाताप भयो र चन्द्रमाको प्रार्थना सुनेर भगवान् शंकर तथा ब्रह्माजीले चन्द्रमाको पापलाई समुद्रमा धोए। शंकरजीले चन्द्रमालाई दुई टुक्रा पारेर आफ्नै शिरमा धारण गरी चन्द्रशेखर नाम पाए।
जो चन्द्र अशुद्ध, क्षीण र पतित थियो त्यसलाई भगवान्शंकरले आफ्नो शिरमा ठाउँ दिए। चन्द्रमाको एक टुक्रा देवताहरुको बीचमा उपहासको पात्र बन्यो। देवताहरुको यो व्यवहार देखि चन्द्रमा एकदम निराश भएर अन्तमा समुद्रमा डुबेर प्राण त्याग्ने निश्चय गरे। ब्रह्माजीले समुद्र स्नान गराई चन्द्रमालाई शुद्ध गरे। ऋषि अत्रि जो चन्द्रमाका पिता हुन्–उनले चन्द्रमालाई शक्ति प्रदान गरे, यस प्रकार आफ्नो पापबाट मुक्त तथा शुद्ध चन्द्रमा देवताहरू माझ पुनः प्रतिष्ठित भए।
ज्यो.डा.सन्तोष उपाध्याय रेग्मी
एम.ए.ज्योतिष,पि.एच.डी.ज्योतिष