शनि ग्रहको सामान्य जानकारी

ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी
एम.ए.ज्योतिष, पि.एच.डी.ज्योतिष

शनि ग्रह (Saturn) सौर्यमण्डलमा सबै भन्दा सुस्त गतिमा हिड्ने ‘शनै शनैश्चरति इति शनैश्चर’ (slow-moving) ग्रह भनेकै शनि हो । सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रहको रूपमा अवस्थित एउटा ग्यासको पिण्ड gas giant हो, जसमा ग्यास नै ग्यास रहेको छ, यसमा ठोस सतह नै छैन । यसको वरिपरी तिन ठुला ठुला ग्रहीय चक्रहरू घुमिरहेको देख्न सकिन्छ, जुन बरफ र खनिज चट्टानले युक्त्त छ । शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भने यो एकदम तिब्र गतिले घुम्दछ । शनिग्रह सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्त्व पानीको भन्दा कम छ । उदाहरको लागि यदि कल्पना गर्ने हो भने शनिलाई ठूलो पोखरीमा राखियो भने पोखरीमा शनि तैरनेछ । शनिग्रहमा Hydrogen (H2), Helium, Methane, Ammonia, Hydrogen deuteride (HD), Ethane, Ices, Ammonia, water, ammonium, hydrosulfide (NH4SH) आदि तत्त्वहरू विद्यमान छन् ।

शनिले एउटा राशिलाई भोग गर्न लगभग २ वर्ष ६ महिनाको समयम लाग्दछ र सम्पूर्ण १२ वटा राशिचक्रलाई भ्रमण गर्न लगभग ३० वर्ष लाग्दछ । अत: एउटा राशिमा शनिको प्रभाव लगभग साँढेसात वर्षसम्म रहन्छ र अढैयाको समयावधि २ वर्ष ६ महिनाको हुने गर्दछ ।

शनिग्रह जुन राशिमा बस्दछ, शनिले उक्त राशि र त्यसभन्दा अगाडि र पछाडिका दुबै राशिमा समेत गरी एकै पटकमा तीन वटा राशिमा शनिको साढेसातीको प्रभाव पार्दछ । शनि जुन राशिमा उपस्थित भएको हुन्छ, त्यस राशिमा मध्य साढेसाती, गएको राशिमा अन्त्य साढेसाती र आउने राशिमा आद्य साढेसातीको प्रभाव निश्चित हुन्

“द्वादशे जन्मगे राशौ द्वितीये च शनैश्चरः ।
सार्धानि सप्तवर्षाणि तदा दुःखैर्यतो भवेत् ।।”

त्यस्तै आफ्नो राशिबाट चौथो र आठौं घरमा शनिग्रह बसेको भए अढैया शनिको दशाकाल मानिन्छ ।

“ढैय्या तु प्रददाति वै रविसुतश्चन्द्रे चतुर्थाष्टमे,
व्याधि बन्धु विरोध देशगमनं क्लेशं च चिन्ताधिकम् ।।”

जन्मकुण्डलीको आधारमा हेरिने शनिको विंशोत्तरी महादशा जम्मा १९ वर्षको र त्रिभागी महादशा १२ वर्ष ०८ महिनाको हुने गर्दछ । साढेसाती र अढैया तथा विंशोत्तरी र त्रिभागी महादशा भिन्न भिन्न विषय हुन् । राशिका आधारमा आद्य, मध्य र अन्त्य साढेसाती र अढैयाको प्रभाव रहने त छँदैछ, त्यसबाहेक आफ्नो जन्म राशिबाट चौथो, सातौं र दसौं घरमा रहेको शनिलाई पनि अरिष्ट नै मानिन्छ । यदि शनिग्रह हाम्रो जन्म कुण्डलीमा प्रतिकूल अवस्थामा बसेको छ भने व्यक्तिलाई शारीरिक, मानसिक र आर्थिक पक्षले दुःखित बनाउँछ, दिनचर्या अव्यवस्थित बन्दछ, कलह र मनमुटाव बढाउँछ, गरेको कार्यमा व्यवधान आउने हुन्छ, विविध दुःख र कष्टको सामना समेत गर्नु पर्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *