स्तु अनुसार, आफ्नो शौचालयमा यी कुराहरुको अवश्य ध्यान राखौँ।
वास्तु शास्त्र अनुसार जीवनमा आइरहेको बाधा, चिन्ता तथा स्वास्थ्य, धन इत्यादि विषयसँग सम्बन्धित समस्यामा शौचालय र स्नान घरको असन्तुलन पनि कारण हुन सक्छ। वास्तु शास्त्रमा उल्लेख गरिएको छ कि घरमा शौचालय कहाँ र कसरी राख्नुपर्छ जसले गर्दा घर परिवारमा सधैँ खुसी र शान्तिको वातावरण कायम रहोस्। बाथरूम घरको एक महत्वपूर्ण हिस्सा रहेको हुन्छ। बाथरूममा यदि नकारात्मक ऊर्जा रहन्छ भने त्यसले परिवारको सदस्यहरुमा पनि नकारात्मक ऊर्जाको सञ्चार हुन्छ । बाथरूम त्यो स्थान हो जहाँ व्यक्ति बिहान बिहान उठेर जान्छ र शौच र स्नान गरेर आफुलाई फुर्तिलो महसूस गर्दछ। यदि शौचालयमा नै बिहान बिहानै व्यक्तिको शरीरमा नकारात्मक ऊर्जाको सञ्चार भयो भने त्यो पुरै दिन नकारात्मक विचारले युक्त रहन्छ र त्यसले गर्दा उसको जीवनमा धेरै कठिनाइहरु आउँन सक्छन्। वास्तु शास्त्र अनुसार यदि बाथरूम र शौचालयले नकारात्मक प्रभाव देखाउछ अर्थात् नकारात्मक उर्जा रहन्छ भने यसले परिवारमा आर्थिक समस्या हुन सक्छ। आज हामी तपाईंलाई बाथरूमसँग सम्बन्धित केहि यस्तो कुरा बताउँदैछौँ, जसलाई ध्यानमा राखेर तपाईं आफ्नो घरमा बाथरूमको निर्माण गरेर वा त्यस अनुसार परिवर्तन गरेर आफ्नो जीवनमा आइरहेको समस्याहरुबाट केहि हदसम्म मुक्ति पाउन सक्नुहुन्छ।
आउनुहोस् जानौं वास्तु शास्त्र अनुसार बाथरूमसँग सम्बन्धित केहि नियमहरु –
- वास्तु शास्त्र अनुसार बाथरूम घरको उत्तर वा उत्तर पश्चिमको कुनामा हुनुपर्छ, बाथरूम कहिले पनि दक्षिण, दक्षिण पूर्व वा दक्षिण पश्चिम दिशामा हुनुहुँदैन ।
- यस्तै बाथरूम भान्साघरसँगै वा भान्साघरको ठीक अगाडि हुनुहुँदैन।
- बाथरूममा बाल्टी र जग एक महत्वपूर्ण वस्तु हो। वास्तुशास्त्रमा यिनीहरुको लागि नीलो रंग महत्वपूर्ण रहेको उल्लेख छ।
- धेरै व्यक्तिको घरमा बाथरूमको ढोकाको ठीक अगाडि ऐना हुन्छ । तर वास्तुशास्त्र मा यसलाई उचित मानिंदैन। भनिन्छ कि यसले घरमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ।
- तपाईंले आफ्नो बाथरूममा ऐना लगाउँदा उत्तर वा पूर्वको भित्तामा लगाउनुपर्छ, यसका साथै ऐनाको आकार चारपाटे वा आयताकार राख्नुहोस्।
- कहिले पनि गोलाकार वा अंधकार ऐना नराख्नु, सम्भव भएसम्म यस प्रकारको इस प्रकारको ऐनालाई आफ्नो घरमा राख्नबाट बच्नुहोस्।
अब हामी बताउँछौं कि बाथरूममा कुन रंगको टाइल्स लगाउनुपर्छ वा कुन रंगको कलर लगाउनुपर्छ भन्दा बाथरूमको लागि सधैँ हल्का रंगको चयन गर्नुपर्छ। हामीले विशेष गरेर सेतो रंगको प्रयोग गर्न सक्छौँ। बाथरूममा झ्याल अवश्य बनाउनुपर्छ जसबाट नकारात्मक ऊर्जा बाहिर जाओस् । सम्भव भएसम्म झ्याल पूर्व उत्तर वा पश्चिम दिशामा खुल्ने किसिमको बनाउनुपर्छ।
- यदि तपाईंको बाथरूममा इलेक्ट्रोनिक सामानहरु छ। जस्तै कि गिजर, पंखा, स्विचबोर्ड इत्यादि छन् भने यिनीहरुलाई दक्षिण-पूर्व दिशामा राख्नुपर्छ।
- ध्यान राख्नु कि बाथरूमको ढोका सधैँ बन्द रहोस्, यदि बाथरूमको ढोका खुला रहन्छ भने यसले बाथरूमको नकारात्मक ऊर्जा पुरा घरमा फैलिन्छ, जसले तपाईंको परिवार, करियर आदिमा बाधा उत्पन्न गर्न सक्छ ।
अब हामी कुरा गर्नेछौँ बाथरूमको सबैभन्दा महत्वपूर्ण कुरा धारा र पानीको। बाथरूममा पानीको बाल्टी वा टब जे तपाईंले आफ्नो घरमा प्रयोग गर्नुहुन्छ त्यसलाई सधैँ भरि पारेर राख्नुहोस्। यदि तपाईं खाली राख्नुहुन्छ भने त्यसलाई उल्टो बनाएर राख्नुहोस्, जसले गर्दा तपाईंको घरमा सुख समृद्धिको वातावरण बन्दछ। भनिन्छ कि धाराबाट पानीको चुइरहनु अशुभ हुन्छ । यदि तपाईंको बाथरूममा पनि कुनै धारा बिग्रिएको छ वा पानी चुइरहन्छ भने त्यसलाई बनाइहाल्नुहोस्, किनकि धाराबाट पानी चुइरहनाले धनको हानि हुन्छ। बाथरूमलाई सधैँ सफा राख्नुपर्छ यसले गर्दा तपाईंको आर्थिक पक्ष बलियो हुन्छ र स्वास्थ्य पनि राम्रो रहन्छ।
तपाईंले यो कुरा जान्न जरुरी छ कि वास्तु शास्त्र अनुसार बाथरूममा टॉयलेट सीट पश्चिम वा उत्तर-पश्चिम दिशामा हुनुपर्छ।
बाथरूम र शौचालयसँग सम्बन्धित यी सानो सानो कुराहरुलाई ध्यान दिएर र यस अनुसार आफ्नो बाथरूमको निर्माण गरेर तपाईं आफ्नो जीवनमा राम्रो परिणाम प्राप्त गर्न सक्नुहुन्छ।
विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।