मूल नक्षत्रमा जन्म भएमा मूलको प्रभाव कस्तो हुन्छ । मूल नक्षत्रमा जन्मीने वालक शुभ प्रभावमा जन्मेमा वालक सामान्य भन्दा केही अलक विचार वाला हुने हुन्छन । उसलाई सामाजिक एवं पारिवारिक वंधनवाट मुक्त गरिदिएमा यस्ता वच्चाहरु कुनैपनि क्षेत्रमा गएपनि आफैमा सफलता प्राप्त गर्ने हुन्छन । यस्ता वालक तेजस्वी, यशस्वी, नित्य नया विचार राख्ने या सोचन सक्ने विभिन्न कला द्धार अगाडी वढनेवाला अन्वेषी हुने हुन्छन ।
मूल नक्षत्रका चार चरण धनु राशिमा आउने गर्दछन । यस नक्षत्रको स्वामी केतु हो । साथै राशिको स्वामी देव गुरु वृहस्पति हुन । यस नक्षत्रमा जन्मने व्यक्तिहरुमा गुरु एवं केतु दुवैको प्रभाव पर्ने हुन्छ । जहां केतुको नकरात्मक प्रभाव पर्ने हुन्छ भने कहीले काहीं गुरुको सकारात्मक असर पर्ने हुन्छ । केतुको नकरात्मक प्रभाव परेको वेलामा गुरुको सकरात्मक प्रभावले गर्दा जीवनमा नयां प्रकाश ल्याउने काम गर्दछ । मूल, ज्येष्ठा एवं अश्लेषा यी तीन नक्षत्रहरुलाई मूल नक्षत्र भनेर भनिन्छ । एवं अश्निी मघा एवं रेवती नक्षत्रहरुलाई सहायक मूल नक्षत्र भनेर भनिन्छ ।
मूल, ज्येष्ठा, अश्लेष, अश्विनी, मघा एवं रेवती यी ६ नक्षत्रमा मूल नक्षत्रमा पर्ने हुन्छन । जव यी नक्षत्रहरु मध्य एक नक्षत्रमा कुनैपनि वाल वच्चाको जन्म हुने हुन्छ तव वच्चाको स्वास्थ्य अलि नाजुक हुने हुन्छ । मान्यता अनुसार मूल नक्षत्रमा जन्मीने वाल वच्चाको मूल शान्ति नगरे सम्म वच्चाको मुख वच्चाको वुवाले हेर्ने हुन्दैन भनिन्छ । वच्चको जन्म भएको २७ दिन पछि मात्रै मूल नक्षत्र शान्ति गर्नु भनीन्छ । नक्षत्र एवं कुण्डलीको आधारमा यस्को निर्णय लिन राम्रो हुनेछ । साथै मूल नक्षत्रको प्रभाव ८ वर्ष पछि सामान्य प्रभाव परेपनि पुरा प्रभाव चांही पर्दैन । सामान्यतया वच्चाको लागि माता पिता ले प्रति दिन भगवान शिवको स्तुती गर्नु राम्रो हुनेछ । भने सामान्य तया पूर्णीमा को व्रत वस्नु राम्रो मानिन्छ ।
मूल नक्षत्रमा जन्मने व्यक्तिहरुको विचार काफी मात्रामा दृढ हुने हुन्छ । निर्णय लिनमा सक्षम हुने हुन्छन । सामान्य रुपमा पढाई लेखाईमा उनिहरु अत्याधिक मात्रामा अगाडी रहि रहने हुन्छन । साथै यस्ता व्यक्तिहरु भविष्यको लागि हमेशा गम्भिर हुने गर्दछन । समान्य रुपमा इनीहरुको रुची जे मा छ पछि गएर रुचीको क्षेत्रलाई नै अगाडी लैजानुको साथै रुचीको विषयमा नै प्रगति गर्ने हुन्छन । यस्ता व्यक्ति अरुको मदद्को लागि हमेशा तत्पर रहने गर्दछन । यस्ता व्यक्ति अनुसन्धा या खोज मूलक वुद्धी वाला हुने हुन्छन । कुनैपनि वस्तुको वारेमा जानकारी लिनु यीनको सोख हुने हुन्छ । यस्तो वानी व्ययवहार ले गर्दा कहिले कांही यस्ता व्यक्तिले दुख पाउने हुन्छ । यस्ता व्यक्तिको स्वभाव काफी मात्रामा दयालु हुने भएकाले यस्ता व्यक्तिवाट अरुले फाइदा उठाउनुको साथै धोखा पाउने हुन्छन ।
कुशल एवं निपुण हुनुको साथै भविष्यको लागि हमेशा गंभीर रहने गर्दछन भने सामान्य रुपमा सवै जसो काम कुरालाई परिपूर्ण गर्ने हुन्छन । कार्यस्थलमा सवैभन्दा अगाडी रहेन गर्नुको साथै सवैजसो काम समयमा नै पूर्ण गर्ने यीनको वानि हुन्छ । यस्ता व्यक्ति अरुको अधिनमा वस्न रुचाउने गर्दैनन भने आफ्नो निजी व्यवसाय गर्न रुचाउने हुन्छन । सामान्य रुपमा अप्ठयारो परिस्थती संग जुझन यस्ता व्यक्तिहरुलाई मन पर्र्ने हुन्छ भने शत्रुलाई सामान्य रुपमा नै हराउने देखिन्छ । परिवार संग इनको स्वभाव साथ सहयोगको कमि आउने हुंदा यस्ता व्यक्तिहरुले घर परिवार भित्रका कुनैपनि काम कार्य गर्न रुचाउने इनको वानि हुन्छ । यस्ता व्यक्ती हरुका साथी भाईहरु भद्र भलादमी हुने हुन्छन । भने यस्ता व्यक्तीहरु कुनैपनि व्यक्तिहरुलाई सहजै आफ्नो वनाउन सक्ने हुन्छन । भने तेस्ता व्यक्तिको समस्या आफनो समया सझेर काम गर्ने हुन्छन ।
विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।