परापूर्व कालदेखि नै रत्न आफ्नो आकर्षक रंग, प्रभाव तथा बहुमूल्यताले गर्दा मानिसलाई प्रभावित गरिरहेको छ। अग्नि पुराण, गरुड़ पुराण, देवी भागवत पुराण, महाभारत आदि अनेक ग्रन्थमा रत्नको बिषयमा विस्तृत वर्णन रहेको छ। ऋग्वेद तथा अथर्ववेदमा ७ रत्नको बारेमा वर्णन पाइन्छ। कौटिल्यले पनि आफ्नो अर्थशास्त्रमा रत्नको गुण-दोषको बारेमा बताएका छन्। वराहमिहिरले बृहत्संहिताको रत्न परीक्षाध्यायमा नवरत्नको बारेमा विस्तारपूर्वक वर्णन गरेका छन्।
रत्नको उत्पत्ति : रत्नको उत्पत्तिको बिषयमा अनेक पौराणिक मान्यता रहेको छ। अग्निपुराणको अनुसार जब दधीचि ऋषिको अस्थि(हड्डीको ) ले देवराज इन्द्रको प्रसिद्ध अस्त्र वज्र बनेको थियो र त्यसको अवशेष पृथ्वीमा खसेको थियो, त्यहिँबाट रत्न उत्पत्ति भएको हो । गरुड़ पुराणको अनुसार बल नामको दैत्यको शरीरबाट रत्न की खानी बन्यो । यस्तो पनि मान्यता छ कि समुद्र मंथनको समयमा प्राप्त अमृतको केहि अंश हल्लिएर पृथ्वीमा खस्यो र त्यसबाट रत्नको उत्पत्ति भयो । विशेष गरेर असल रत्नको उत्पत्ति जङ्गल, पहाड आदिमा हुन्छ । रत्न केवल आभूषणमा राम्रो देखिनका लागि मात्र नभएर यसमा दैवीय शक्ति पनि रहने विश्वास विश्वभरि रहेको छ। महाभारतमा श्यमन्तक मणिको वर्णन छ जसको प्रभावले मणिको आसपासको क्षेत्रमा सुख-समृद्धि, आरोग्यता तथा दैवीय कृपा हुन्थ्यो।
पश्चिमी देशमा बच्चालाई अम्बरको माला यो विश्वासले लगाइन्छ कि यसले गर्दा उनीहरुको दाँत बिना समस्या उम्रिन सकोस्। यहूदीहरु कटैला रत्न भयानक सपना नदेखियोस् भनेर धारण गर्छन्। प्राचीन रोम निवासी बच्चाको कोक्रोमा मूगा को दाना झुन्ड्याईदिन्थे ताकि बच्चालाई अरिष्टबाट भय नहोस्। जेड रत्नलाई चीनमा आरोग्यता दिनेवाला मानिन्छ। आधुनिक युगमा रत्नको ब्याख्या: यदि तपाईको शारीरिक रोगलाई ठिक गर्न मेडिकल साइन्समा औषधि या केहि अन्य साधन दिईन्छ, जस्तै उदाहरण लागि तपाईको आखाँ कमजोर भयो भने डॉक्टरले तपाईलाई उति पॉवरको चश्मा लगाउन भन्छ जति तपाईको आखाँ कमजोर रहेको छ र त्यो चश्मा लगाएपछि तपाईको आखाँ सहि हुन्छ। ठीक त्यस्तै प्रकारले तपाईको जन्मकालीन ग्रह कमजोर हुँदा यदि राम्रो ज्योतिषीले ठीक उस्तै प्रकारको पॉवरवाला रत्न धारण गर्न लगाए जति पॉवर त्यो ग्रहको लागि आवश्यकता छ, यसरी रत्न धारण गरेपछि तपाईको ती समस्याको समाधान हुन सक्छ ।
सामान्यत रत्न उपरत्न धेरै रहेका छन्। तर विशेष गरेर ९ ओटा रत्न प्रमुख रहेका छन्। नवरत्न :
१.माणिक्य,
२.मोती,
३.मूंगा,
४.पन्ना,
५.पुष्पराज,
६. हीरा,
७. नीलम,
८. गोमेद,
९. लहसुनिया
कुन ग्रहको कुन रत्न हो, त्यसलाई कहिले र कस्तो प्रकारले धारण गर्ने हो, रत्न र उपरत्नको विशेषता के हो, कुन रोगमा कुन रत्न धारण गर्दा लाभ हुन्छ? इत्यादि कुराको जानकारी विज्ञ ज्योतिषी सँग सल्लाह गरेर धारण गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले हामीसँग पनि सम्पर्क गर्न सक्नुहुन्छ।
रत्नको शक्ति : रत्नमा अद्भूत शक्ति हुन्छ। रत्नले यदि कसैलाई ठूलो प्रगति गर्न सहयोग गर्न सक्छ भने, कसैलाई सफलताबाट असफलता तिर पनि लान सक्ने भएकाले विज्ञ सँग परामर्श गरेर रत्न धारण गरेर विपरीत प्रभावबाट बच्न सकिन्छ । जसरी सहि डॉक्टरको सुझावबाट लिएको सहि मात्राको औषधिले रोग निको गर्न सक्छ भने गलत मात्रा वा गलत औषधि प्रयोगले ज्यान पनि जान सक्छ। ग्रहको स्थिति अनुसार रत्न धारण गर्नुपर्छ। रत्न धारण गर्ने समयमा ग्रहको दशा एवं अंतरदशाको पनि ख्याल गर्नुपर्छ ।
रत्न लाउदा रत्नको क्यारेटको पनि ख्याल गर्नु आवश्यक छ। यदि रत्नको क्यारेट वा मात्रा सहि भएन भने फल प्राप्तिमा बिलम्ब हुन सक्छ । हरेक रत्नको धारण गर्ने अलग अलग समय भएकाले रत्न धारण गर्दा समयको पनि ख्याल गर्नु आबश्यक छ।
विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।