कर्कट राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

ही, हु, हे, हो, डा, डि, डु, डे, डो” यी नौ (९) अक्षर मध्येबाट नाम सुरु भएमा कर्कट राशि हुन्छ। कर्कट राशिमा जन्मेको स्त्री वा पुरुषको राशि स्वामी चन्द्रमा चर संज्ञा, सौम्य स्वभाववाला, विप्रवर्ण, कफप्रकृतिवाला ( खकार सम्बन्धि रोगवाला), उत्तरदिशाको स्वामी र हृदयको दयालु होला। लग्नस्थानमा कर्कट राशि परेकोले गहुँगोरो वर्णवाला र सानो शिरवाला होला। काखी मुनी, खुट्टामाथि वा पेटमा केही दाग वा चिन्ह खत होला। साथै आगोले पोल्ने वा पानीमा डुब्ने सम्भावना समेत भएकोले त्यस्तैको चिन्ह पनि होला। खटिरा वा घाऊको रोग ज्यादा होला। प्राय: कसैको पनि आश गर्नुपर्ने छैन, सन्तान अधिक होलान। गर्दन वा पेट दुख्ने रोग रहला।  पति वा पत्नीबाट सुख होला। कृषिबाट, सेवाबाट वा यात्राबाट धन लाभ होला। 

मेष राशिको सम्पूर्ण फल

कर्कट राशिलाई उत्तर दिशातिर अधिक लाभ होला। समय-समयमा चोरीको आरोप लाग्ने, साथीभाईको संगतले नराम्रो वा कुलतमा फस्ने होला। बुधबारको दिन राम्रो होला। चिसोले छिटो असर गर्न सक्ने भएकाले ध्यान दिनु पर्छ। दयालु, चतुर, परदेशी, सुन्दर, धन आउने जाने गरिरहने, सबैको प्रिय, लजालु स्वभाव वाला होला। 

कर्कट राशिलाई पाँचौ सूर्य, दोस्रो चन्द्रमा, छैटौं मङ्गल, तेस्रो बुध, सातौँ बृहस्पति, आठौँ शुक्र, चौंथौ शनि, नवौं राहु तथा केतु, अनुराधा नक्षत्र, ब्याघात योग, नाग करण, तुला लग्न (यात्राको लागि) कुम्भराशि, पौष महिना, द्वितीया, सप्तमी र द्वादशी आदि भद्रातिथिहरु घातक होला।  मिथुन, कर्कट, सिंह र कन्या राशिवालासँग मित्रता रहला भने मेष, वृष, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन  राशिसँग समभाव रहला।  प्राय: कसैसँग शत्रुता नरहला।  १, ११, १२, ३१, ४१, ५१ र ६५ बर्षमा शरीरमा समस्या होला।

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Shopping Cart