वृष लग्नमा उत्पन्न जातकको फल

वृष लग्न शीतलस्वभाव, वातप्रकृति, नैसर्गिकरूपमा स्वार्थी, लोक व्यवहारमा निपुण, अर्द्धजल लग्नका रूपमा परिचित छ। बृष लग्नका जातकको होचो कद, तर आकर्षक व्यक्तित्व हुन्छ। स्थिर लग्न हुनाले यिनीहरूको स्वभाव स्थिरतायुक्त हुन्छ। यस्ता व्यक्तिले जस्तै भए पनि काम गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। राशि चिह्न गोरु भएका कारणले यस्ता व्यक्ति अत्यन्त मिहिनेती हुने गर्दछन् र निरन्तर काम गरी रहनु यिनीहरूको नैसर्गिक व्यवहार हो। यिनीहरूलाई फकाएर जे पनि गराउन सकिन्छ तर कर गर्दा यस्ता व्यक्तिले केही पनि टेर्दैनन्। अनि कसैको सहायता गर्दा आफ्नो पूर्ण शक्ति प्रयोग गर्दछन्।यस्ता व्यक्ति जिद्दी हुने गर्दछन्, यिनीहरूले आफ्नो जिद्दीपन त्याग्नु पर्छ।

पृथ्वी तत्त्व हुनाले सहनशील हुन्छन्। अत्यधिक मिहिनेत गर्ने र निरन्तर नरोक्किइकन काम गर्ने आफ्नो बानीले यिनीहरू आफ्नो खुराकमा पनि ध्यान पुर्याउन सक्दैनन् र यस्ता मानिसलाई ग्यास्टिकसित सम्बन्धित रोग हुनसक्छ। कामसँग यस्ता मानिसले आफ्नो खानाखुराकीमा पनि ध्यान दिनुपर्छ। लामो समयसम्म भोको नबसेर बीचबीचमा थोरथोरै खानेकुरा खानुपर्छ।

शुक्रको प्रभाव हुनाले आफ्नो कार्यस्थलमा यिनीहरू हरेक आधुनिक प्रविधिको उपयोग गर्दछन्। यिनीहरू आफ्नो पहिरनमा अलि धेरै ध्यान दिन्छन्। समयसँगै रहनसहनमा यिनीहरू परिवर्तन गरी रहन्छन्।
योजनाबद्ध तरिकाले काम गर्न यस्ता मानिसलाई मन पर्छ। प्रत्येक वस्तुलाई उचित स्थानमा राख्नु, हातमा लिएको प्रत्येक काम पूर्ण गर्नु, प्रत्येक सुन्दर वस्तुप्रति सजिलै आकर्षित हुनु यस्ता मान्छेको विशेषता हो। संगीत, कला, चलचित्र, नाटक, ललितकला, राजनीति, धार्मिक क्षेत्र, सरकारी उच्च प्रशासक, प्रबन्धक, नेतृत्व आदि कार्यबाट यस लग्नका व्यक्तिहरूले सफलता प्राप्त गर्दछन्।

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *