- घरको दक्षिण दिशामा सिढी बनाउनु पर्दछ। यस्तो गर्दा धनको आगमन भैरहन्छ।
- घरको उत्तरपूर्वी कुनालाई ईशान भनिन्छ। ईशान कुना सँधै सफा र सुन्दर राख्नुपर्दछ, किनकि यस्तो मानिन्छ कि देवताका गुरु बृहस्पतिको वास ईशान तिर हुन्छ।
- यदि तपाईंले घरमा मनिप्लानको बोट लगाउनुहुन्छ भने दक्षिण दिशामा लगाउनुहोस्, यसो गर्दा धनको देवी माता लक्ष्मी तपाईंको घरमा वास गर्नुहुन्छ र सबै आर्थिक समस्याहरू हट्दछ ।
- घरको दक्षिणी भाग घरको उत्तरी भाग भन्दा उच्च हुनुपर्छ किनकि यदि त्यसो भयो भने घरमा खुसी र समृद्धि रहन्छ ।
- यदि घरको मूल ढोका अगाडि खाल्टो वा फोहोर छ भने, सकेसम्म यसलाई सफा गर्नुहोस्। यदि यस्तो गरिएन भने घरमा दरिद्रता रहन्छ ।
- तुलसीको बोट घरको दक्षिणी भागमा कहिल्यै रोप्न हुन्न। यदि तपाइँ यसो गर्नुहुन्छ भने घरमा बस्ने मानिसहरूलाई सबै प्रकारका रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ ।
- यदि घरका भाँडा फुटेको वा कुच्चिएको छ भने, तिनीहरूलाई सकेसम्म चाँडो घरबाट बाहिर निकाल्नुहोस्। यसो गर्दा घरमा सकारात्मक उर्जा रहन्छ।
विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।