माणिक्य (Ruby) रत्न गर्नुका लाभहरु के-के हुन साथै माणिक्य कहिले धारण गर्नुपर्छ ?

ज्योतिष शास्त्रमा रत्न तथा उपरत्नहरुको कूल सङ्ख्या चौरासी रहेको बताइएको छ। यी रत्नहरुमध्ये नौ रत्न यस्ता रहेका छन् जसलाई नवरत्नको संज्ञा दिइएको छ। यी नवरत्नहरु यस प्रकार रहेका छन् – माणिक्य, मोती, मूंगा, पन्ना, पुष्पराज, हीरा, नीलम, गोमेद र लहसुनिया। यी नौ रत्नहरुमध्ये माणिक्य रत्नको सम्बन्ध सूर्य ग्रहसँग रहेको मानिन्छ। सूर्य ग्रहलाई ज्योतिष शास्त्रमा ग्रहहरुको राजा भनिएको छ ।

जुन व्यक्तिको कुण्डलीमा सूर्य ग्रह कमजोर हुन्छ, त्यसको अन्य ग्रह बलवान् भएर पनि उचित फल वा धेरै लाभ दिन सक्दैनन्।  त्यसैले सूर्यग्रहलाई प्रभावशाली बनाउनको लागि ज्योतिषीहरु माणिक्य रत्न धारण गर्नको लागि सल्लाह दिन्छन् । तर माणिक्य रत्न धारण गर्नुभन्दा पहिले तपाईंहरु सबैजनाले केहि कुराहरु जान्नुपर्छ। जसले गर्दा तपाईं माणिक्य रत्नको पूरा लाभ लिन सक्नुहुन्छ।

कुन-कुन व्यक्तिहरुले माणिक्य धारण गर्नुपर्छ ?

  • मेष, सिंह र धनु लग्नका जातकले माणिक्य धारण गर्न सक्छन्।
  • कर्कट, वृश्चिक र मीन लग्नका व्यक्तिलाई माणिक्यले साधारण परिणाम दिन्छ।
  • यदि कुनै जातकलाई हृदय तथा नेत्र रोग छ भने त्यो जातकले माणिक्य धारण गर्न सक्छ ।
  • यदि कुण्डलीको दोश्रो (धन) भाव. एघारौँ भाव, दशम भाव, नवम भाव, पंचम भाव तथा एकादश भावमा सूर्य उच्च रहेको छ भने पनि माणिक्य धारण गर्न सकिन्छ।

कुन-कुन व्यक्तिले माणिक्य धारण गर्नु हुँदैन?

  • कन्या, मकर, मिथुन, तुला र कुम्भ लग्नका व्यक्तिहरुले माणिक्य धारण गर्दा शुभ फल प्राप्त नहुन सक्छ।
  • कुण्डलीमा यदि सूर्य नीच अर्थात् तुला राशिमा रहेको छ भने पनि माणिक्य धारण गर्नु हुँदैन। 
  • जो व्यक्तिहरु शनि ग्रहसँग सम्बन्धित व्यापार गरिरहेका छन्, उनीहरुले पनि माणिक्य धारण गर्नु हुँदैन।

माणिक्य धारण गर्ने विधि

  • माणिक्य गुलाबी वा रातो रङ्गको हुनुपर्छ।
  • माणिक्यको तौल थोरैमा पनि ६ देखि सवा ७ रत्ती(क्यारेट) को हुनुपर्छ ।
  • माणिक्यलाई तामा वा सुनमा धारण गर्न सकिन्छ।
  • माणिक्य रत्नलाई सूर्योदय भएपछि स्नान गरेर धारण गर्नुपर्छ।
  • माणिक्य धारण गर्नुभन्दा पहिले औठीलाई गाईको दूध र गंगाजलबाट शुद्ध गर्नुपर्छ।
  • त्यसलाई शुद्ध गरिसकेपछि एक माला सूर्य देवको मन्त्र “ऊँ सूं सूर्याय नमः” यो मन्त्रको जप गर्नुपर्छ र त्यसपछि औठी धारण गर्नुपर्छ। 

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *