ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धिको कारक मानिन्छ। बुध जुन प्रकृतिको ग्रहसँग रहेको हुन्छ, त्यहि ग्रह अनुसारको परिणाम दिन्छ। त्यसैले बुध ग्रहको गतिविधिको धेरै महत्व रहेको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह रहेको छ, त्यसैले बुध अहिले आफ्नो राशि कन्यामा गोचर गर्दैछ। बुध ग्रहको प्रभावको कुरा गर्दा यो ग्रहको फल यो कुरामा निर्भर गर्दछ कि बुध ग्रह कस्तो प्रकृतिको ग्रहको साथमा रहेको छ वा गोचररत छ। यदि बुध ग्रहको युति शुभ ग्रहसँग छ भने यसले राम्रो परिणाम दिन्छ र यदि बुध ग्रहको युति अर्थात् यो ग्रह पाप ग्रहसँग गएर रहेको छ भने यसले नकारात्मक परिणाम दिन सक्छ। सामान्यतया बुध २२ दिन एउटा राशिमा रहन्छ। आउनुहोस् जानौं बुध ग्रहको कन्या राशिको गोचरले १२ राशिका व्यक्तिहरुमा पार्ने प्रभाव-
बुधको कन्या राशिमा गोचरको विभिन्न राशिहरुमा प्रभाव
मेष राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
यस गोचर अवधिमा बुध ग्रह तपाईंको राशिबाट छैटौँ भावमा रहन्छ। यो समयमा उचित दृढ़ संकल्प र आत्मविश्वासले तपाईंलाई मदत गर्नेछ। वैवाहिक जीवनमा केहि असमझदारी हुन सक्छ। यस समयमा वादविवाद तथा शेयर बजार तथा अन्य निवेशबाट पनि बच्नुपर्नेछ, किनभने यो समयमा गरेको निवेशले घाटा हुन सक्छ। यो समयमा स्वास्थ्यमा समस्या तथा मानसिक तनाब पनि बढ्न सक्छ।
तपाईं ज्योतिषी डा.सन्तोष उपाध्याय रेग्मीसंग कल या Viber – 9856037823 WhatsApp – 9856037823 कुरा गर्न सक्नुहुन्छ । तपाईंले ज्योतिषी डा.सन्तोष उपाध्याय रेग्मीलाई इमेल पनि गर्न सक्नुहुन्छस् regmisantosh1987@astrosantosh
कन्या राशिमा बुधको गोचरको वृष राशिमा प्रभाव
बुध तपाईंको राशिबाट पंचम भावमा रहन्छ । बुध ग्रहको कन्या राशिमा गोचर तपाईंको लागि भाग्यशाली रहन सक्छ। तपाईंलाई सन्तानहरुबाट खुसी र सन्तोष प्राप्त हुन सक्छ। मेष राशिका जातकहरुले आफ्नो कार्यस्थलमा आफ्नो सर्वश्रेष्ठ प्रयास गर्नुपर्ने हुन सक्छ, यस अवधिमा तपाईंले कुनै महत्वपूर्ण जिम्मेबारी प्राप्त गर्न सक्ने योग छ। व्यक्तिगत वा व्यवसायिक यात्रा गर्नुपर्ने हुन सक्छ।
मिथुन राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
बुध ग्रहले मिथुन राशिबाट चतुर्थ भावमा गोचर गर्नेछन्। मिथुन राशिका जातकहरुको लागि यो समय उतारचडावपूर्ण रहन सक्छ। आमाको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले विशेष ध्यान राख्नुपर्छ। साथीहरुबाट विश्वासघात वा धोका हुन सक्ने भएकाले विचार गर्नुपर्नेछ। आफ्नो कार्यक्षेत्रमा केहि नयाँ गर्नाले त्यसबाट लाभ प्राप्त हुन सक्छ।
कर्कट राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
बुध तपाईंको राशिबाट तृतीय वा तेश्रो भावमा रहन्छ, जसलाई ‘पराक्रम क्षेत्र’ पनि भनिन्छ। यो अवधिमा तपाईंले आफ्नो उर्जामा वृद्धि देख्नुहुनेछ र आफुलाई उत्साही महसूस गर्नुहुनेछ। तपाईं सामाजिक काममा सहभागी हुन सक्नुहुन्छ। यो समयमा तपाईं आफ्नो भाई-बहिनीको विषयलाई लिएर केहि चिन्तित हुन सक्नुहुन्छ। जागिर गर्ने व्यक्तिहरुलाई यो समयमा पदोन्नति हुन सक्छ भने व्यवसाय गर्नेहरुले यो समय यात्रा गर्नुपर्नेछ।
कन्या राशिमा बुधको गोचरको सिंह राशिमा प्रभाव
सिंह राशिबाट बुध द्वितीय अर्थात् दोश्रो भावमा रहन्छ, यो भाव संचित धनको घर हो। यो समयमा तपाईंको पारिवारिक तथा अन्य क्षेत्रहरुमा खर्च बढ्न सक्ने सम्भावना रहन्छ र विभिन्न घरेलु उपकरणको खरिदमा पनि खर्च हुन सक्छ। यो समयमा पारिवारिक मतभेद हुन सक्ने भएकाले विवादबाट बच्नुपर्छ र यो समयमा कसैलाई उधारो वा सापटी नदिंदा राम्रो हुन्छ।
कन्या राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
कन्या राशिमा बुधको गोचरले तपाईंलाई मजबूत स्थिति प्रदान गर्दछ । व्यापारमा नाफा र आम्दानीको विभिन्न अवसर प्राप्त हुन सक्छ। पहिले गरिएको मेहेनतको पनि राम्रो परिणाम प्राप्त हुन सक्छ। यो समयमा तपाईंलाई भाग्यले पनि राम्रो साथ दिनेछ। यसको साथै तपाईंको काममा पनि पद तथा प्रतिष्ठामा वृद्धि हुन सक्छ।
तपाईं ज्योतिषी डा.सन्तोष उपाध्याय रेग्मीसंग कल या Viber – 9856037823 WhatsApp – 9856037823 कुरा गर्न सक्नुहुन्छ । तपाईंले ज्योतिषी डा.सन्तोष उपाध्याय रेग्मीलाई इमेल पनि गर्न सक्नुहुन्छस् regmisantosh1987@astrosantosh
तुला राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
यस गोचरको समयमा बुध ग्रह तपाईंको राशिबाट द्वादश अर्थात् बाह्रौ घरमा गोचर गर्नेछ। यस समयमा तपाईंको खर्चमा अकस्मात् वृद्धि हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ। विदेश यात्राको कोसिस गर्ने जातकहरुलाई यो समयमा राम्रो परिणाम प्राप्त हुन सक्छ। यो समयमा तपाईंको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
वृश्चिक राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
बुधको गोचर तपाईंको राशिबाट एकादश अर्थात् एघारौँ भावमा रहन्छ। तपाईंले यो समयमा एक समृद्ध र भाग्यशाली समयको अपेक्षा गर्न सक्नुहुन्छ। व्यावसायिक रूपले तपाईंले लाभ प्राप्त गर्नुहुनेछ र व्यापारमा असाधारण रूपले राम्रो प्रगति हुनेछ । यसका साथै यदि तपाईं यात्रा-सम्बन्धि सेवाहरु वा बिक्रीवितरण सम्बन्धि क्षेत्रहरुमा हुनुहुन्छ भने तपाईं सफल हुन सक्नुहुन्छ। तपाईंले प्रभावशाली र नयाँ साथीहरु बनाउन सक्नुहुन्छ।
धनु राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
धनु राशिबाट दशम भावमा बुध यस गोचर अवधिमा रहन्छ, जसलाई कर्मक्षेत्र पनि भनिन्छ । यो नयाँ काम सुरु गर्नको लागि राम्रो समय हो भने कामको खोजीमा रहेका जातकलाई पनि यो गोचरको समयमा काम मिल्न सक्छ। व्यवसायमा रहेका व्यक्तिहरुले यो समय आफ्नो व्यवसायमा विभिन्न परिवर्तनहरु गर्न सक्नेछन्।
मकर राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
तपाईंको राशिबाट नवम भावमा बुधले गोचर गर्दैछन्। यो समयमा वैवाहिक सम्बन्धमा रहेका व्यक्तिहरुमा विश्वास र समझदारीको वातावरण बन्नेछ। तपाईं यो समयमा आध्यात्मिकता र दार्शनिक अध्ययन प्रति आकर्षित हुन सक्नुहुन्छ। तपाईं काममा निष्ठाको साथ लागिरहन सक्नुहुन्छ भने व्यवसाय गर्नेहरुको क्षेत्र विस्तार हुन सक्ने समय छ।
कुम्भ राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
यस अवधिमा बुध ग्रह तपाईंको राशिबाट अष्टम अर्थात् आठौँ भावमा रहन्छ, जुन तपाईंको लागि चुनौतीपूर्ण हुन सक्छ। यो समयमा तपाईंको स्वास्थ्यमा समस्या तथा मानसिक तनाब बढ्न सक्छ, त्यसैले खानपान सतर्क हुनुका साथै योग तथा ध्यान गर्नुपर्छ। आफ्ना शत्रूहरुले हानि गर्न सक्ने भएकाले शत्रूहरुबाट सतर्क रहनुपर्छ। व्यवसायको लागि समय केहि अनुकूल रहन सक्छ भने विद्यार्थीले पनि यो समयमा पढाईमा सफलता पाउन सक्छन्।
मीन राशिको लागि बुधको कन्या राशिमा गोचरको प्रभाव
बुधको गोचर तपाईंको राशिबाट सप्तम भावमा रहन्छ, जुन तपाईंको लागि अनुकूल समय रहन्छ। यो समयमा पारिवारिक सम्बन्ध सुमधुर बन्न सक्छ। व्यवसायबाट नाफा तथा क्षेत्रविस्तार हुन सक्छ भने काम गर्नेहरुले काम सफलता र मानसम्मान प्राप्त गर्न सक्ने समय छ।
तपाईं ज्योतिषी डा.सन्तोष उपाध्याय रेग्मीसंग कल या Viber – 9856037823 WhatsApp – 9856037823 कुरा गर्न सक्नुहुन्छ । तपाईंले ज्योतिषी डा.सन्तोष उपाध्याय रेग्मीलाई इमेल पनि गर्न सक्नुहुन्छस् regmisantosh1987@astrosantosh