शास्त्रमा कुल २७ नक्षत्रको नाम उल्लेख गरिएको छ । इनमा कुनै नक्षत्र शुभ भनिएको छ भने कुनै नक्षत्रलाई अशुभ भनिएको छ । इनमा अशुभ नक्षत्रहरुको समुहलाई गण्डमूलको संज्ञा दिएको छ । गंडमूल नक्षत्रको श्रेणीमा अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल, एवं रेवती आउने गर्दछन । अशुभ नक्षत्रले आफनो नराम्रो प्रभाव देखाउने गर्दछन । भने शुभ नक्षत्रहरुले आफ्नो शुभ प्रभाव देखाउने गर्दछन ।
ज्योतिष शास्त्र अनुसार गंडमूल नक्षत्रमा जन्म भएमा अशुभ मानिन्छ । गंडमूल नक्षत्रमा व्यक्तिको जन्म हुंदा नकरात्मक फलकारक स्थिति उत्पन्न हुने गर्दछ । जसमा समय को स्थति अनुसार विभिन्न प्रकारको अशुभ फल भिन्न भिन्न प्रकारले मिल्ने गर्दछ ।
कस्तो प्रभाव देखिन्छ ।
गंडमूल नक्षत्रमा जन्मेको वालक आफैलाई न भएर परिवारको लागिपनि समस्या उत्पादन गर्ने वा विभिन्न समस्या उत्पादन गर्ने गर्दछ । यस नक्षत्रमा जन्मने व्यक्तिलाई शुभ एवं अशुभ फल दुवै आउने हुन्छ । अशुभ फलमा व्यक्तिको जिवन समस्या नै समस्यामा अल्झीने हुन्छ भने । यस्तो व्यक्ति आफ्नो वुवाको लागि कष्ट कारक सावित हुने गर्दछ । यसमा विपरित शुभ फल मिल्ने स्थती भएमा व्यक्ति उच्च पद प्राप्तको साथै मान प्रतिष्ठा को लागि योग्य पनि हुने गर्दछ । उसलाई आफ्ना साथीभाईहरुको साथ सहयोग राम्रो मिल्ने गर्दछ । यी सभै नक्षत्रहरुको चार चरण हुने गर्दछन । प्रत्येक चरण अनुसार व्यक्तिको माता पिता दाजु भाई एवं दिदि वहिनी या परिवारका कुनै पनि अन्य सदस्यमा आफ्नो प्रभाव पार्ने हुन्छ । गंडमृल दोष भिन्न भिन्न कु.डलीमा अलग अलग प्रभाव पार्ने गर्दछन । यी नक्षत्र हरुको प्रभाव कुण्डलीको छ नक्षत्रहरु मध्य एकमा चन्द्रमा को स्थती कुन भावमा नक्षत्र रहेको छ । कुण्डलीमा शुभ या अशुभ ग्रहहरुको प्रभाव चन्द्रमामा कस्तो परि राखेको छ । कुण्डलीमा चन्द्रमा कुन भावको मालिक हो । यी सवैकुरामा पनि निर्भर पर्ने हुन्छ । यदि यो दोष कुनै कुण्डलीमा वन्छ भने पनि विभिन्न कुण्डलीमा नकरात्मक प्रभाव अलग अलग पर्ने गर्दछ ।
छः नक्षको आधारमा इनको प्रभाव
१. अश्विनी नक्षत्र हुने व्यक्ति सुखी खुसी जिवन व्यत्तित गर्न पाउने हुन्छन । यो नक्षत्रमा जन्मने व्यक्तिको पितालाई कुनै न कुनै समस्याहरु आउने गर्दछन । यस्ता व्यक्ति आर्थीक पक्षवाट समृद्ध हुने हुन्छन । सामान्य रुपमा यस्ता व्यक्ति उच्च पदस्थ हुने गर्दछन ।
२. अश्लेषा यी नक्षत्रमा जन्मने व्यक्ति अनावश्यक वस्तुमा लगानि गर्ने गर्दछन । यस्ता व्यक्तीहरुलाई माता पिता संग सम्वन्धित समस्याहरु आउने गर्दछन । दाजु भाईसंगको सम्वन्ध यस्ता व्यक्तिको राम्रो हुने गर्दैन ।
३. मघा नक्षत्र हुने व्यक्तिहरुलाई आमा वुवाको कारणले गर्दा समस्या आउने गर्दछ । यस्ता व्यक्ति घर वाट टाढा रहेर अत्याधिक प्रगति गर्ने गर्दछन । मान सम्मान प्रतिष्ठा प्राप्त गर्नुको साथै समृद्ध हुने हुन्छन ।
४. ज्येष्ठा नक्षत्रहुने व्यक्तिहरुको आफुभन्दा सानो भाई हरु संगको सम्वन्ध राम्रो हुने हुंदैन । यस्तो अवस्थामा स्वयंको स्वास्थ्यले सताउने गर्दछ भने कहिले कांही यस्ता व्यक्ति आफै देखि दुखी हुने हुन्छन ।
५. मूल नक्षत्रमा जन्महुने व्यक्तिहरुलाई जमीन संग सम्वन्धित या प्राँपर्टीसंगग सम्वन्धित नोक्सान व्योर्नु पर्ने हुन्छ । यस्ता व्यक्तिहरुको कारणले गर्दा माता पिताहरुलाई कष्ट सहनु पर्ने हुन्छ । यस्ता व्यक्तिहरुले धन जोगाउन सक्दैनन ।
६. रेवती नक्षत्रमा जन्मने व्यक्तिहरु स्वयं देखि खुसी एवं सुखी हुने गर्दछन । यस्ता व्यक्तिहरुलाई सरकारी क्षत्रद्धारा लाभ मिल्ने हुन्छ । भने यस्ता व्यक्तिहरुले धनको वचत गर्न सक्दैनन् ।
गंडमूल नक्षत्रमा जन्मने व्यक्तिहरुको मुख उसको वुवा आमा हरुले नहेर्नु भनेर भनिएको छ । यस्तो अवस्थामा पिताको जेवमा फिटकरी को टुक्रा राखिदिने । यस नक्षत्रमा जन्मने व्यक्तिको २७ दिनका दिन शांन्ति पूजा गराईदिने । यस्तो पूजाको प्रभाववाट गंडमूल को प्रभाव शान्त हुने गर्दछ ।
प्रत्येक दिन महामृत्युंञ्जय मन्त्र जप गराउने या गर्ने ।
व्राह्मण हरुलाई खाना खुआउने ।
यदि कोई बच्चा अश्विनी, मघा, या मूल नक्षत्रमा जन्मने हुन्छ भने उसलाई गणेशजीको पूजा गर्नु राम्रो मानिने गर्दछ । यस्ता व्यक्तिहरुलाई महिनाको कुनैपनि वृहस्पतिवार या वुधवार का दिन हरियो रंगको वस्त्र लहसुनिया आदि दान गर्ने ।
यसको साथै अश्लेषा, ज्येष्ठा एवं रेवती नक्षत्रमा जन्मने व्यक्तिहरुले वुधवारको दिनमा पूजा गर्नु सुभ मानिन्छ । यस्ता व्यक्तिहरुले वुधवारका दिन हरियो सव्जी हरीयो धनिया आंवला कांस को भाडांहरु दान गर्नृ राम्रो मानिन्छ ।
अश्विनी या मघा एवं मूल नक्षत्रमा जन्मने व्यक्ति गणेश भगवानको आरधाना गर्नु
वुध देवताको पूजा गर्ने
विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद ।