के गण, गुण, नाडी या षडाष्टक मात्रै जुराउदैमा वैवाहिक जिवन सफल होला त …………

विवाह
विवाह जिवनको एक महत्वपूर्ण निर्णय । सामान्यतया लव गर्नु या लव हुनु सामान्य कुरा हो सकैलाई देखेर मनमा नयाँ विचार आउनु या फरक खालको आत्मीयता आउनु नौलो कुरा होइन । हामी कसैसंग भेट हुंछौं उ संग वौल्छौ वोल्दै जांदा कुनै समयमा हामीलाई उसको व्यवहार अलिकति राम्रो लाग्दै जान्छ र हामी उ संग व्यवहार गर्दै जांदा हामीलाई उ संग प्रेम हुन्छ । कुरा यहां विवाह को चल्दै छ । जव कसैसंग प्रेम हुन्छ अनि हामीलाई लाग्छ कि उ मेरो जिवनमा अरुभन्दा केही खास छ । अनि हामी ले उसलाई एउटा महत्वपूर्ण ठाउंमा राखिसकेका हुन्छौं हामी उसलाई अझै आफ्नो जिवनको महत्वपूर्ण ठाउं अर्थात जिवनसंगी वनाउन चाहन्छौ । यहां सम्म सवै ठिकै छ । तर यहाँ वाट अगाडी वढडा विचार पुर्याउन अत्यन्तै जरुरी छ । लव हुनु केही नौलो कुरा होइन आजकल सामान्य कुरा जस्तै भईसकेको छ ।

तर विवाह हुन सामान्य कुरा भएको छैन र सायद हुने वाला पनि छैन । हामी कसैलाई जिवन संगी वनाउन खोज्यौ भने हाम्रो पहिलो प्राथमिकता उसको जन्म मिति माग्छौ जस्तै जन्म साल महिना गते जन्मेको समय जन्म कहां भएको हो अर्थात जन्म स्थान साथै नुवारनको नाम इत्यादि

अव ज्योतिषीको मा गएर चिना जुराउन भनीन्छ । चिना जुराउंदा दुई तरीकाले जुराउने गरिन्छ । एउटा तरिका गण, गुण, नाडी, षडाष्टक, मांगलिक, एवं कुटुम्वीया योग दिद्धादश यती हेरेपछि गण तिन प्रकारका हुन्छन देव, मनुष्य, राक्षस सके सम्म समान गणमा विवाह गर्ने नसके देव गण र मनुष्य, मनुष्य र देव गण मिल्छ । भने मनुष्य र राक्षस गण आपसमा विवाह गर्नै हुंदैन भने देव र राक्षण गणको झगडा धेरै हुने हुन्छ । अर्थात जिवन राम्रो संग जांदैन । यदि गण दोष लागेन गुण ३६ हुन्छन । ३६ गुण मा न्यूनतम १८ आउनै पर्छ । गुण १८ भन्दा माथि आयो अव नाडी ३ प्रकारका हुन्छन । आद्य नाडी, मध्य नाडी, अन्त्य नाडी समान नाडीमा विवाह गर्नु हुदैन । यदि यसमा पनि समस्या आएन भने मांगलिक, दि द्धादश योग, कुटुम्वीया योग, र षडाष्टक योग हेरेर विवाह गर्नु हुन्छ भनेर निर्णय दिने गरिन्छ । तर यो विवाहको लागि सामान्य मात्रै हो । विवाह जुराउंदा ध्यान दिनु पर्ने कुरा मध्य एक हो केटा या केटीको सप्तम भावस्थ ग्रहको अवस्था के कस्तो छ । यदि सप्तम भावस्थ ग्रह खराव छ या खराव ग्रहसंग वसेको छ । या द्धितिय, द्धादश स्थान, षष्ठ स्थान या अष्टम स्थानमा साथै निचो शत्रु निचो अवस्थामा या कुनै खराव ग्रहको युति छ या दृष्टि छ भने यस्तो अवस्थामा त्यो ग्रहले जनाउने पहिलो सम्वन्ध राम्रो हुंद्रैन । या जिवन जांदैन । तेस्तै गरि कसैको विवाह गर्नु पूर्व विवाह दोष मेटाएर विवाह गर्न मिल्छ भने कसैको विवाह दोष मेटाएपनि समस्या सुध्रीदैन । सामान्य तया ज्योतिषीले ध्यान दिएर हेर्नुपर्ने कुरा यहि हो । गण, गुण मिल्दैमा र नाडी न लाग्दैमा विवाह सफल हुन्छ भन्नु चामलमा वय भेटाउनु जस्तै हो ।

अव आर्काे पाटोवाट हेरौं

कुण्डली या चिना वनाउंदा छोरा या छोरी कुन चांही गर्भ हो यो भन्दा पहिला या पछि कुनै गर्भ खेर गएको थियो या थिएन भनेर सोध्ने गरिन्छ । यो कुरा चिना वनाउंदा चिनामा उल्लेख गरिएको हुन्छ । ताकी विवाह जुराउंदा सोध्न नपरोस । अव पुनश्च विवाहको कुरा गरौं विवाह जुराउंदा प्रत्येक व्यक्तिलाई चाहे महिला होस या पुरुष हो सवैलाई एक समान दृष्टिले हेरेर चिना जुराउंदा केटालाई जेठी छोरी या एक्ली छोरी, वा माईली, साईली, काइली, या कान्छी कोसंग जिवन जान लेखेको छ । साथै केटीलाई कुनैपनि घर परिवारको एक्लो छोरासंग जिवन जान लेखेको छ या माईलो, साईलो या काईलो एवं कान्छो कुन गर्भ संग जिवन जान लेखेको छ । अव मानौ यदि तपाई छोरा मान्छे हो तपाईको कुण्डलीमा एक्ली छोरी संग अर्थात दाजुभाई भएको तर एक मात्र छोरी भएको गर्भ अर्थात पहिलो छोरीको गर्भ भएर जन्मेकी केटीसंग जिवन जाने ग्रह छ । तर तपाईको लव या विवाह कान्छी छोरी अर्थात दिदि वहिनी भएर कान्छी छोरीको गर्भ भएर जन्म भएकी केटीसंग लभ भएमा विवाह त लव जोसंग परेको छ उसैसंग विवाह गर्ने सम्भावना धेरैनै हुने हुन्छ । हामी सवैको इक्क्षापनि तेही नै हुन्छ ।

अव चिनामा जिवन जाने एक्ली छोरीसंग लेखेको छ तर हामी कान्छी छोरी संग विवाह गर्न चाहान्छौ भने अव विचार गर्नुस के तपाईको जिवन राम्रो जाला त । तेसै गरि केटीको चिनामा घर परिवारको कान्छो केटासंग जिवन जाने ग्रह छ तर केटीले एक्लो या जेठो केटासंग विवाह गरिन के अव जिवन जाला त । कहिले कांही भाग्यले जसै विवाह जेठो केटा संग गराउन खोज्यो तर विवाह चांही कान्छो संग गरेमात्र जिवन जाने योग छ भने तपाईको यो विवाह असफल हुन्छद । भनेर भन्नु पर्ने हुन्छ । यदि भनिएन र विवाह गर्न अनुमति दिईयो भने केही समयमा नै विवाह असफल वाटो तिर जाने हुन्छ । विवाह मा समस्या आउनु एक जनालाई मात्र नभएर आफु हुने वाला जिवन साथी भविष्यमा हुने वाला संतान को साथै आफ्नो परिवारलाई तनाव दिनुको साथ साथै जिवन साथीको परिवारलाई पनि तनाव दिनु हो । अत विवाह जुराउंदा या जिवनको महत्वपूर्ण निर्णय लिनु भन्दा लव लाई केही समय अलग राखेर योग्य ज्योतिषीको सल्लाह सुझाव लिएर लव लाई विवाहमा परिवर्तन गर्नु नै सहि निर्णय हो ।


सामान्य गण गुण नाडी मात्रैको भर परेर विवाहलाई अगाडी वढाउनु भनेको चल्दै गरेको गाडीवाट कुदनु जस्तै हो किस्मत वलियो भयो भने वांचिन्छ । किमस्तले धोखा दियो भने चाहेर पनि केही गर्न सकिदैन । पछि गएर पछुताउन भन्दा विवाह गनु पूर्व नै विचार पुर्याउनु नै आफ्नो भाग्य आफै लेख्नु सरह हो ।

विस्तृत रुपमा ज्योतिष परामर्श लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोनगरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *