
पूर्वीय दर्शनमा ऋषिमुनिहरुले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरुको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ। हाम्रा ऋषि-महर्षिहरुले कता फर्केर कसरी बसेर खाने, कुन समयमा खाने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने आदि सबैको बारेमा दिशानिर्देश गरेको पाइन्छ, तर अहिलेको समयमा कामको चाप वा विभिन्न जिम्मेबारी र कति कुराहरु अहिलेको भागदौडको जिन्दगीमा असम्भव जस्तै भैसकेका छन्, तर पनि कतिपय कुराहरु अझ पनि उत्तिकै महत्वपुर्ण र वैज्ञानिक रहेको पाइन्छ। यहाँ हामी सुत्दा कता सिरानी लाउँदा कस्तो फल मिल्छ भने बिषय प्रस्तुत गर्दै छौ।
प्राक्शिरा शयने विद्या धनमायुश्च दक्षिणे।
पश्चिमे प्रबला चिन्ता हानीर्मृत्युतथोत्तरे।।
- पूर्वतिर सिरानी बनाएर सुत्दा विद्या प्राप्त हुन्छ।
- दक्षिणतिर सिरानी बनाएर सुत्दा धन प्राप्त हुने र आयु बढ्ने हुन्छ।
- पश्चिमतिर सिरानी बनाएर सुत्दा चिन्ता बढ्छ।
- उत्तरतिर सिरानी बनाएर सुत्दा हानी र दुर्घटना, नराम्रो सपना देख्ने, निद्रा नपुग्ने वा आराम प्राप्त नहुने आदि हुन्छ।