वृष लग्नमा उत्पन्न जातकको फल
वृष लग्न शीतलस्वभाव, वातप्रकृति, नैसर्गिकरूपमा स्वार्थी, लोक व्यवहारमा निपुण, अर्द्धजल लग्नका रूपमा परिचित छ। बृष लग्नका जातकको होचो कद, तर आकर्षक व्यक्तित्व हुन्छ। स्थिर लग्न हुनाले यिनीहरूको स्वभाव स्थिरतायुक्त हुन्छ। यस्ता व्यक्तिले जस्तै भए पनि काम गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। राशि चिह्न गोरु भएका कारणले यस्ता व्यक्ति अत्यन्त मिहिनेती हुने गर्दछन् र निरन्तर काम …











