सिंह लग्नमा उत्पन्न जातकको फल
गरमस्वभाव, अग्नितत्त्व, भ्रमणप्रिय र निर्जल लग्न हो, सिंह लग्न। सिंह लग्नका जातक अत्यन्त तेजस्वी र आत्मविश्वासी हुने गर्दछन्। अग्नि झैं नै ऊर्जावान हुने गर्दछन्, कुनै पनि कार्यलाई गर्न पछि पर्दैनन्। जुन काम प्रारम्भ गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। नीति बनाउन र त्यसलाई अमल गर्न यिनीहरू मन पराउँछन्। अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन। यिनीहरूमा आफूले निर्माण गरेको …











