कन्या लग्नमा उत्पन्न जातकको फल
यस लग्नको स्वामी बुध ग्रह हो। कन्या लग्नमा उत्पन्न जातक मध्यम कदका हुने गर्दछन्। लग्नमा बुधको प्रभाव हुनाले यिनीहरू अत्यन्त बुद्धिमान हुने गर्दछन्। यिनीहरूको व्यक्तित्वले प्रत्येक व्यक्तिलाई आफूतर्फ आकर्षित तुल्याउँदछ।यिनीहरूको मस्तिष्क अत्यन्त रचनात्मक हुन्छ। सधं नवीनतम विचारलाई मनन गर्नु र त्यस्तै काम गर्नु यिनीहरूको स्वभाव हो। पृथ्वी तत्त्व हुनाले जसरी पृथ्वी सबैलाई धारण गर्दछ त्यसरी …











