शनिको जन्म कसरी भएको भत्रे कुरा त हामीले सूर्यको अंशमा पढिनै सकेका छौं तर पनि छाया र सूर्यका पुत्र शनि महाराज बालककाल देखिनै भगवान् श्रीकृष्णका परम भक्त थिए। ब्रह्मपुराणमा यो कथा मिल्दछ कि युवावस्था भएपछि शनिको विवाह सूर्यले गन्धर्वराज चित्ररथ कि छोरी धामिनीसंग गरिदिएका थिए। शनि जहाँ एक तर्फ भगवान श्रीकृष्णको भक्तिमा तल्लिन रहन्थे त्यहीं अर्को तर्फ शनिकी धर्म–पत्नी धामिनी पनि साध्वी तथा ईश्वर पथानुगामिनी थिइन्। एक समय पुत्र प्राप्तिको इच्छाले ऋतुस्नान (रजस्वला) गरेपछि आफ्ना पति शनिको सात्रिध्यमा गइन जहाँ शनि भगवान श्रीकृष्णको ध्यानमा मस्त थिए। लाख कोशिस गर्दा पनि शनिको ध्यान भङ्ग भएन र यो देखि उनको श्रृंगार व्यर्थ गयो र ऋतुकाल पनि निष्फल भयो जुन समय ऊ गर्भवती हुन सक्थी। यो देखि धामिनीलाई क्रोध आयो र उनले शनिलाई श्राप दिइन्कि जो व्यक्तिले आफ्नी पत्नीलाई पनि देख्न सकेन भने उसले अरुलाई के गर्ला? अतः आजदेखि म यो घोषणा गर्दछु कि शनिको दृष्टि विच्छेद– कारक हुनेछ, अर्थात् शनिको दृष्टि जहाँ पनि पर्छ त्यहाँ अवश्य नै विनाश हुनेछ। उता ध्यान सकिएपछि शनिले आफ्नी धर्म–पत्नी धामिनीलाई सम्झाए, तत्पश्चात् उसलाई पनि आफूले क्रोधमा आएर दिएको श्रापदेखि पश्चाताप भयो तर जो हुनु थियो त्यो त अवश्य नै भइछाड्छ। भनिन्छ नि– होन हार दैव न टार। शनि जो सुरुदेखि नै अन्तर्मुखी थिए अब त झन्पत्नीको श्राप पाएपछि आफ्नो शिर तल झुकाएर बस्न थाले ताकि न उनको दृष्टि कहीं पर्ला र न कसैको केही विच्छेद नै होला? यो कथा अगाडि अरुपनि स्पष्ट हुन्छ—
भगवान् श्रीकृष्ण प्रत्येक मन्वन्तरमा प्रत्येक मनुका साथमा प्रकट हुनुहुन्छ। श्रीकृष्णको जन्म विघ्न कर्ता तथा विघ्न हर्ता गणेशको रूपमा माता पार्वतीको कोखबाट भइनै रहेको थियो। नव मन्वन्तरको प्रारम्भमा कैलाश पर्वतमा आनन्दमय वातावरण थियो, माता पार्वतीको कोखबाट भगवान गणेश यो धरामा अवतरित भए। देवी–देवताहरुको तेजिलो अनुहारको बीचमा शनि महाराज आफ्नो शिर तल झुकाएर उभिएका थिए। जब सबै देवी–देवताहरुले गणेशजीलाई आशीर्वाद प्रदान गरिसकेपछि शनिले पनि आफ्नो शिर तल झुकाएर गणेशजीलाई मंगल कामना तथा दीर्घायु हुने आशीर्वाद प्रदान गर्दछन्। आखीर नवजात शिशु गणेश हुनत शनिकै आराध्यदेव श्रीकृष्णका प्रतिमूर्ति हुन्। किन्तु विधिको विधान, माता पार्वती शनिलाई सोध्नुहुन्छ कि शनि तिमीले शिर झुकाएर गणेशलाई आशीर्वाद किन दिएको?
शनिले निःसंकोच भएर आफूलाई पत्नीले दिएको श्रापबारे तथाकथित्सबै वृतान्त यथावत भन्दै भन्छन की माता! सारा सृष्टि कर्मफलबाट बाँधिएको छ, त्यही कर्मफलको परिणाम स्वरूप भगवान् श्रीकृष्ण गणेशजी को रूपमा अवतरित हुनुभएको हो। शनिले अगाडि भन्छन्— माता! मत आफ्नो कर्मको फल–स्वरूप श्रापित भएको हूँ अतः यो श्राप त मैले नै भोग्नु पर्छ तसर्थ म यो चाहदिन कि मेरो दृष्टि कसैमाथि परोस र उसलाई कष्ट होस्। उक्त सभामा उपस्थित समस्थ देवीहरू सम्भवतः एक पत्नी पीडित पुरुषको यो व्यथा देखेर हाँसे होलान् जसबाट माता पार्वतीको अहंकारलाई ठेस पुगेको होला। माता पार्वती शनिलाई भत्रुहुन्छ कि मेरो पुत्रलाई त तिम्रो दृष्टिले केही अहित हुनै–सक्दैन, विश्वको कुनैपनि शक्ति विघ्नेश्वर, विघ्ननाशक गणेशको अहित गर्न सक्दैनन्? म तिमीलाई आदेश दिन्छु कि गणेशमाथि आफ्नो दृष्टि देउ? विचरा शनि पार्वती आमाको क्रोधको डरले नवजात शिशु गणेशमाथि आफ्नो दृष्टिपात गर्छन् र शनिको दृष्टि पर्दै उस शिशुको शिर धडदेखि अलग भएर ब्रह्माण्डमा विलीन् हुन्छ। शिर हीन बालक आफ्नो काखमा देखेर माता पार्वती मूर्छित पल्टनुहुन्छ र सारा कैलाश पर्वत शोक–मग्न हुन्छ। तब भगवान् विष्णु गरुडमा आरुढ भएर तुरुन्त पुष्पभद्र नदीको तीरमा पुग्नुहुन्छ र त्यहाँ एउटा हात्तीको झुण्डलाई देख्नुहुन्छ। अविलम्ब त्यो झुण्डको स्वामीको टाउको काटी आफ्नोसाथ कैलाश लगि त्यो बालकको धडसंग जोडी उसलाई जीवित गरिदिनु हुन्छ। उता माता पार्वतीको मूच्र्छा भग्न हुन्छ र आफ्नो अगाडि एक हात्तीको शिर जोडेको बालकलाई पाएर उसलाई स्वीकार गर्नुहुन्छ, किन्तु जब माता पार्वतीको आँखा अगाडि शिर झुकाएर बसेका शनिमाथि पर्छ तुरुन्त उनको क्रोधको अग्नि भडक उढ्छ र शनिलाई अपांग हुने श्राप दिनुहुन्छ। विचरा शनिलाई अकारण नै दुई– दुई स्त्रीहरुको क्रोधको कारण श्रापित हुनु पर्यो। तब त्यहाँ उपस्थित देवताहरुले मातासंग शनिको तर्फबाट प्रार्थना गरेर माता पार्वतीलाई स्मरण गराए कि शनिले त केवल हजुरको आदेशको (त्यो पनि अनिच्छाले) पालन गरेको मात्रै हो? अतः माता हजुरको श्राप अकारण छ। माता पार्वतीलाई पनि लाग्यो कि यो श्राप अनावश्यक नै थियो अतः म यसलाई आशीर्वाद दिन्छु कि ईश्वर भक्ति, तपस्वी, वैरागी, अनाशक्ति, दीर्घायु तथा ग्रहहरुमा पूजनीय हुनेछ। श्राप त परेकै थियो अपाङ्ग हुने त्यसलाई पनि माताले लङ्गडाएर हिड्न सक्ने तक गरिदिनु भयो। त्यो दिनबाट शनि लंगडाउँदै विस्तारै–विस्तारै हिड्छन्।