मंगल ग्रहको कुम्भ राशिमा गोचर, कस्तो होला तपाईंको राशिमा यसको प्रभाव ?

वैदिक ज्योतिषमा मंगल ग्रहलाई क्रूर ग्रह मानिएको छ जुन भूमि, शक्ति, ऊर्जा, भाई, साहस, पराक्रम, शौर्य आदिको कारक रहेको छ। मंगल ग्रहको सम्बन्ध रातो रङ्ग सँग सम्बन्धित छ र यो ग्रहले ऊर्जा तथा जीवन शक्तिको प्रतिनिधित्व गर्दछ। यो ग्रह प्रत्येक राशिमा डेढ महिना (लगभग ४५ दिन) सम्म रहन्छ।

प्रत्येक व्यक्तिलाई मंगलको गोचरले आफ्नो स्थितिको आधारमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव पर्न सक्छ। यो ग्रहले जातकलाई आकर्षण, साहस र ज्ञान प्रदान गर्दछ। आउनुहोस् जानौं मंगल ग्रहको कुम्भ राशिको गोचरले बिभिन्न राशिमा पार्ने प्रभाव। 

मेष राशिमा मंगलको कुम्भ राशिको गोचरको प्रभाव:
मेष राशिको स्वामी ग्रह मंगल हो जुन गोचरमा एघारौँ भावमा स्थित छ र यो भाव लाभको भाव वा घर हो, जुन जातकको लागि लाभदायक रहन सक्छ। कार्यक्षेत्रमा उन्नतिको विभिन्न अवसर मिल्न सक्छ। यो समयमा जातकको प्रमोशन हुन सक्छ। यदि जातक पहिले विरामी रहेको थियो भने पनि स्वास्थ्य ठीक हुन सक्छ। मानसिक कष्टबाट मुक्ति मिल्न सक्छ। यो गोचर पेशा तथा व्यवसाय गर्नेहरुको लागि लाभदायक रहन सक्छ। प्रेम सम्बन्धमा रहेका तथा विवाहितहरुको लागि पनि यो अवधि विशेष रूपले लाभदायक रहन सक्छ।

वृष राशिमा मंगलको कुम्भ राशिको गोचरको प्रभाव:
वृष राशिको स्वामी ग्रह शुक्र हो र वैदिक ज्योतिषमा शुक्र र मंगल ग्रहलाई मित्र ग्रह मानिएको छैन। यस्तो अवस्थामा पनि जातकलाई मंगल ग्रहको दशौँ भावको गोचरको शुभ फल मिल्न सक्छ। यो अवधिमा जातकको प्रेम, आर्थिक तथा वैवाहिक स्थितिमा सुधार हुन सक्छ।
पुरानो समस्याहरुको समाधान हुन्छ। यस समयमा जातकलाई भावनात्मक कमजोरी हुन सक्छ, तर ऊ तनावबाट मुक्त हुन सफल हुन्छ। व्यवसायीहरुलाई नयाँ अवसर मिल्न सक्छ, त्यस्तै जागिर गर्नेहरुको आर्थिक क्षेत्रमा वृद्धि हुन सक्छ। प्रेम सम्बन्धमा केहि उतार-चढाव आउन सक्छ। दम्पतीको वीचमा केहि असमझदारी पनि रहन सक्छ। 

मिथुन राशिमा मंगलको कुम्भ राशिको गोचरको प्रभाव:
मंगलको गोचर मिथुन राशिबाट नवौँ घरमा रहन्छ, जसको फलस्वरुप जातकलाई विभिन्न लाभहरु मिल्न सक्छ। यो समयमा नयाँ व्यवसाय वा काममा लगानी गर्नबाट भने बच्नुपर्छ।  व्यवसायी तथा जागिरे दुवैले यो समयमा नयाँ अवसर पाउन सक्ने सम्भावना छ। यो समयमा स्वास्थ्य सामान्य रहन सक्छ भने प्रेम तथा वैवाहिक सम्बन्ध पनि सामान्य रहन सक्छ। 

कर्कट राशिमा मंगल ग्रहको  कुम्भ राशिको गोचरको प्रभाव:
वैदिक ज्योतिषमा कर्कट राशिको स्वामी चन्द्रमा हो। कर्कट राशिका जातकहरुको लागि मंगल ग्रहको कुम्भ राशिको गोचर चुनौतीपूर्ण हुन सक्छ। मंगल ग्रह अष्टम भावमा गोचर गर्दैछ, जुन कष्टदायक भाव रहेको छ। परिणामस्वरूप, व्यवसाय विस्तारको निर्णय लिँदा सावधान रहनुपर्छ। विवाहित दम्पतीले एक-अर्कासँग कुरा गर्दा सतर्क रहनुपर्छ, अन्यथा विवाद हुन सक्छ। प्रेम सम्बन्धको लागि समय सामान्य देखिन्छ। यो समयमा दुर्घटना वा अन्य कष्ट हुन सक्ने सम्भावना रहेकाले सावधान रहनुपर्छ।

सिंह राशिमा मंगल ग्रहको  कुम्भ राशिको गोचरको प्रभाव:
वैदिक ज्योतिषमा सूर्यले सिंह राशिमा शासन गर्दछ।  मंगलको गोचर सिंह राशिबाट सातौँ भावमा हुने भएकाले नोक्सानीको सामना गर्नुपर्ने हुन सक्छ। खर्चमा नियन्त्रण गर्नु आवश्यक छ। स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना रहेकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ। यो समयमा व्यवसाय तथा जागिर गर्ने व्यक्तिहरुको लागि समय राम्रो रहन सक्छ। अनावश्यक विवादहरुबाट बच्दा प्रेम तथा वैवाहिक जीवन पनि सामान्य रहन सक्ने समय छ।

कन्या राशिमा मंगल ग्रहको  कुम्भ राशिको गोचरको प्रभाव:
कन्या राशिको स्वामी बुध हो र बुध र मंगल ग्रह शत्रु ग्रह हुन्। मंगल ग्रह कुम्भ राशिमा रहेको समयमा स्वास्थ्य तथा पारिवारिक क्षेत्र केहि प्रभावित रहन सक्छ। मंगल ग्रहको गोचर कन्या राशिबाट छैटौँ स्थानमा रहने भएकाले व्यवसाय तथा जागिर गर्नेहरुले आर्थिक लाभ गर्नुका साथै बिभिन्न अवसरहरु प्राप्त गर्न सक्ने समय रहेको छ। नयाँ कामको सुरुवात गर्ने समय पनि रहेको छ। 

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

तुला राशिमा मंगल ग्रहको  कुम्भ राशिको गोचरको प्रभाव:
तुला राशिको स्वामी शुक्र ग्रह हो र वैदिक ज्योतिषमा शुक्र र मंगल शत्रु ग्रह हुन्। तर पनि मंगलको गोचरको जातकमा कुनै नकारात्मक प्रभाव पर्दैन। यो समयमा मंगल तुला राशिबाट पाँचौं भावमा रहन्छ। यसले जातकलाई वित्तीय वृद्धि प्रदान गर्दछ । यो समयमा जातकको सहनशक्ति, जोश र साहसमा वृद्धि हुन्छ। जातकलाई व्यापार र कार्यमा सकारात्मक परिणाम प्राप्त हुन्छ। जातक आफ्नो निर्धारित लक्ष्यहरु पूरा गर्न सक्षम हुन्छ। जीवनसाथीसँग विवाद हुन सक्छ त्यसैले  प्रेम जीवनमा समझदारी कायम राख्न आवश्यक छ।

वृश्चिक राशिमा मंगल ग्रहको  कुम्भ राशिको गोचरको प्रभाव:
मंगल ग्रहको कुम्भ राशिको गोचरले  सकारात्मक तथा नकारात्मक रूपबाट प्रभावित गर्दछ। यस समयमा मंगल वृश्चिक राशिबाट चौथों भावमा रहन्छ। जातकले यो समयमा मानसिक तनावको अनुभव गर्न सक्छ। आर्थिक क्षेत्र पनि प्रभावित हुन सक्छ र आर्थिक कारोबारमा विलम्ब हुन सक्छ। कडा मेहनतले यो समयमा सफलता मिल्न सक्छ। यो समय विवाहित दम्पती र प्रेमीहरुको लागि उत्कृष्ट छ।

धनु राशिमा मंगल ग्रहको  कुम्भ राशिको गोचरको प्रभाव:
वैदिक ज्योतिषमा बृहस्पति ग्रह धनु राशिको स्वामी हो र मंगल र बृहस्पति ग्रह मित्र हुन्। यस अवधिमा मंगल धनु राशिबाट तेश्रो भावमा रहन्छ, जुन भावले साहसको प्रतिनिधित्व गर्दछ, त्यसैले यो समयमा जातकले साहसिक निर्णय लिन सक्छ तर निर्णय लिँदा सतर्क रहनुपर्छ। जातकको स्वास्थ्य पनि सुधार हुन्छ। जागिरको परिवर्तनले  फायदा हुन सक्छ। विवाहित दम्पति तथा प्रेमी यो समयमा प्रसन्न रहन सक्छन्। 

मकर राशिमा मंगल ग्रहको  कुम्भ राशिको गोचरको प्रभाव:
यो गोचरको समयमा मंगल दोश्रो भावमा रहन्छ जुन धनसँग सम्बन्धित छ। जातकको खर्चमा वृद्धि हुन सक्छ।  यो समयमा स्वास्थ्य सम्बन्धि समस्यामा आँखा सम्बन्धि समस्या हुन सक्छ।  यो समयमा ऊर्जा तथा सहनशक्तिमा वृद्धि हुन्छ। प्रेमी तथा विवाहित व्यक्तिहरुको लागि यो समय राम्रो रहन सक्छ ।

कुम्भ राशिमा मंगल ग्रहको  कुम्भ राशिको गोचरको प्रभाव:
मंगल ग्रह यो समयमा कुम्भ राशिबाट प्रथम भावमा अर्थात् कुम्भ राशिमा नै रहन्छ। जातकको लागि यो अवधि लाभकारी हुन्छ किनभने उनीहरुले नयाँ स्रोतबाट धन आर्जन गर्नेछन् । स्वास्थ्य सुधार तथा करियरमा नयाँ अवसर प्राप्त हुन सक्छ। आनन्द तथा सन्तोषको अनुभव हुन सक्छ। प्रेम सम्बन्ध तथा वैवाहिक जीवन पनि यो समयमा राम्रो रहन सक्छ। 

मीन राशिमा मंगल ग्रहको  कुम्भ राशिको गोचरको प्रभाव:
यो समयमा मंगल ग्रह मीन राशिबाट बाह्रौं भावमा गोचर गर्छ। यस अवधिमा जातकले धनको समस्याबाट बच्नको लागि आफ्नो  ख़र्चमा नियन्त्रण गर्नु आवश्यक छ। व्यवसायीहरुले राम्रोसँग सोचविचार गरेर मात्र निर्णय लिँदा राम्रो हुन्छ।  स्वास्थ्यमा पनि यो समय ध्यान दिनुपर्छ। प्रेम तथा वैवाहिक जीवनमा विवाद आउन सक्ने भएकाले समझदारीमा रहंदा राम्रो रहला। 


विशेष: यो ग्रहको गोचरको आधारमा सामान्य भविष्यवाणी हो जुन व्यक्ति कुण्डली तथा दशाअनुसार फल भिन्न हुन सक्छ।

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *