बुध ग्रहको पौराणिक कथा
अथर्व–वेदको अनुसार बुधकी आमाको नाम तारा र पिताको नाम चन्द्रमा हो। ब्रह्माजीले यसको नाम यसको बुद्धि तथा गम्भीरतालाई देखेर नै बुध राखेका हुन्। बुधको अर्थ हुन्छ जात्रु। चन्द्रमाको कथामा चन्द्रको उच्छृंखलताको चर्चाको दौरान देवगुरू वृहस्पति कि पत्नी ताराको बारेमा त भनिनै सकेको छ। श्रीमद्भागवत–महापुराणको अनुसार बुध सबै शास्त्रमा पारङ्गत तथा चन्द्रमाको समान कान्तिमान छ। मत्स्यपुराणको …









