सात वारहरूको परिचय र प्रभाव
हामी समयको एकाईलाई विभिन्न नामले चिन्ने गर्छौं । जस्तै सेकेण्ड मिनट घण्टा दिन रात हप्ता महिना बर्ष शताब्दी सहस्राब्दी युग चतुर्युग, मन्वन्तर कल्प आदि अनेक नाम समय खण्डका नाम हुन । यी नाम मध्ये सप्ताह अर्थात् सात दिनरातको समय खण्डलाई हप्ता भन्ने गर्छौं । भाषा वैज्ञानिक परिवर्तनले संस्कृतको सप्ताह शब्द नै हप्ता शब्दको रूपमा व्यवहारमा …









