सपनामा के देखेमा कस्तो फल ?

शुभ फलहरु

 १, फूल,फल जल स्वप्नका अन्तमा देखिएमा – सर्वसिद्धि प्राप्त हुने वा सय वर्ष सम्म जिवित हुन्छ ।

२, महलमा बसेर भोजन गरेमा वा समुन्द्र तरेमा र दाश कुलमा जन्म लिएमा – राजा होला ।

३, स्वप्नका अन्तमा गंगा, यमुना, सरस्वती नदी देखेमा – सुख प्राप्ति हुने ।

४, पान, दही, वस्त्र, शंख, मोती, चामेलिको फूल, बृक्ष, बकुल, कुन्द वा कमल देखेमा – धन प्राप्त हुने ।

५, सुर्य चन्द्रमाको मंडल देखेमा – ब्याधि नाश भई लक्ष्मी र यश प्राप्त हुने

६, पाखुरामा सेतो सर्पले टोकेमा – शस्त्र लाभ हुने ।

७, सर्प, बिच्छी र जुका देखेमा – विजय धन अर्थ लाभ हुने ।

८, दही देखेमा – आयु बृद्धि।

९, गंहु देखेमा – धानगम हुने ।

१०, जौ, यज्ञ र सर्स्युं देखेमा – विद्या प्राप्त हुने ।

११, देवता, गन्धर्व समूह, किन्नर वा सिद्ध देखेमा – कार्य्सिद्धी हुनेछ ।

१२, कूवा, तलाउ, गाउँ, नगर देखेमा – माङ्गलिक कार्य हुनेछ ।

१३, कन्या, ब्राम्हण, शास्त्रको समूह देखेमा – शुभ मंगल प्राप्त हुनेछ ।

१४, उल्लु देखेमा वा त्यो सित बोलेको देखेमा – बिरामी हुने वा अरुबाट अपमानित हुने

१५, रातो रंग देखेमा – स्वास्थ्य लाभ र दिर्घायु हुने ।

१६, हरियो रंग देखेमा – धन आर्जन गर्न सकिने ।

१७, निलो रंग देखेमा – पारिवारिक सुख प्राप्त हुने ।

१८, सेतो – समाजमा प्रतिष्ठित ।

१९, राजसिंहासन बसेको देखेमा – प्रधानमन्त्री, मुख्यमन्त्री, रास्ट्रपति, पार्टी सभापति वा मन्त्री पद पाउने हुन्छ ।

२०, अश्त्रशस्त्र देखेमा – रोग, दुस्ख, संकट, भय आदिको निवारण हुनेछ ।

२१, अंग क्षय भएको देखेमा – घरमा सन्तान प्राप्त हुने ।

२२, आँगन देखेमा – धन लाभ हुने ।

२३, ईन्द्रधनुष देखेमा – उत्साह बढ्ने,समाजमा ख्याति प्राप्त हुने ।

२४, कन्या देखेमा – तिर्थयात्रा, धार्मिक, आध्यात्मिक उन्नति हुने ।

२५, कमल देखेमा – ऐश्वर्य बढ्ने, रोग निर्मुल हुने, सुयश प्राप्त हुने ।

२६, कामिनी ( युवास्त्री ) देखेमा – गृहस्थ जीवनमा सफलता पाउने ।

२७, फूल देखेमा– धानगम हुने, शुखशान्ति समृद्धि बढ्ने ।

२८, चन्दन देखेमा – रोगबाट मुक्ति पाइने ।

२९, आफ्नी आमा देखेमा – सौभाग्य प्राप्त हुने, सुख समृद्धि मानप्रतिष्ठा बढ्ने ।

३०, चन्द्रमा देखेमा – ब्यापारमा लाभ हुने, नोकारीमा प्रमोशन हुने, सर्बत्र लाभ हुने हुन्छ ।

३१, दोपट्टा देखेमा – दाम्पत्य जीवन शुखमय हुने, अविवाहित केटी भएमा राम्रो पति पाउने ।

३२, नून देखेमा – स्वास्थ्यवर्धक भइने, स्वास्थ्य लाभ हुने ।

३३, जाटाधारी साधु, सन्त देखेमा – सम्मान प्राप्त हुने ।

३४, सुपारी देखेमा – विवाह हुने ।

३५, पूजा गरेको देखेमा – आत्मोन्नति र श्रद्धाभाव बढेर जाने ।

३६, धन देखेमा – आकस्मिक लाभ हुने ।

३७, चराको गुंड देखेमा – घरमा आरोग्य, शुखशान्ति बढ्ने ।

३८, न्याउरी मुसा देखेमा – शत्रु पराजय हुने ।

३९, अश्थिपन्जर देखेमा – भाग्योदय हुने, हरेक क्षेत्रमा प्रगति हुने ।

४०, वसन्त ऋतु देखेमा– घरमा माङ्गलिक कार्यालय हुने ।

४१, बहिनि देखेमा – सौभाग्यको बृद्धि हुनेछ ।

४२, बाढि आएको देखेमा – घरमा चोरी हुने वा आगजनी हुनसक्ने ।

४३, भवन देखेमा – सिघ्र घर बान्ने ।

४४, आफै मरेको देखेमा – आयु बृद्धि हुने, रोग निर्मुल हुने ।

४५, लक्ष्मी देखेमा – धनागम हुने ।

४६, संख देखेमा – भाग्योदय हुने,कल्याण हुने ।

४७, शेषनाग देखेमा – मंगलकारी कार्य सिद्ध हुने ।

४८, श्राद्ध गरेको देखेमा – पितृसुख प्राप्त हुने ।

४९, हाँस देखेमा – ऐश्वर्यको बृद्धि हुने, सन्तान सुख हुने ।

५०, स्वर्ग देखेमा – आयु बृद्धि हुने, सुख प्राप्त हुने ।

५१, सरस्वती देखेमा – विद्वान भइने, परिक्षामा पास हुने ।

५२, फलाम देखेमा – परिश्रम गरेर धनवान हुने ।

सपनाका अशुभ फलहरु

१, बाढि आएको देखेमा – घरमा चोरी हुने वा आगजनी हुनसक्ने ।

२, अग्नी देखेमा – आगो बाट क्षति वा शरीरमा चोट लाग्ने ।

३, नङ्ग काटेको देखेमा – रोगको उत्त्पति गम्भिर संकटमा परिने ।

४, पानीको प्रवाह देखेमा – कर्म हानि, ब्यापारमा घाटा हुने ।

५, स्वर्ण देखेमा – रोगको उत्त्पत्ति हुने, धनहानी हुने, ब्यापारमा घाटा लाग्ने ।

६, उल्लु देखेमा – धन हानि, रोग बृद्धि हुने ।

७, कन्यादान गरेको देखेमा – रोग बृद्धि, दुर्घटना तथा शोकमा पर्ने ।

८, आफ्नो खुट्टा देखेमा– समाजमा लोकप्रियता सामप्त हुने ।

९, सगोत्री सँग वा मित्रसँग कुत्सित सम्बन्ध स्थापित गरेको देखेमा – ठुलो बिरामी पर्ने ।

१०, बिभिन्न समस्यामा फसेको देखेमा – जीवन तथा ब्यापारमा कठिनाईको सामना गर्नुपर्ने ।

११, समाचार पत्रमा मृत्युको समाचार पढेको देखेमा– धन हानी हुने ।

१२, यात्रा गरेको देखेमा – जीवनमा निराशा वा आफ्नो योजना कार्यान्वयन् गर्नमा असफल हुन्छ ।

१३, सुन देखेमा – अनेक कठिनाई हुने रोगब्याध हुने, धन सम्पत्तिको हानी हुने ।

१४, चांदी देखेमा – प्रेममार्गमा निराशा पैदा हुने तथा विश्वासघात हुने ।

१५, तामा देखे यात्रा गर्दा दुर्घटना हुने।

१६, आफु नांगो देखेमा – अपमान हुनु पर्ने, आर्थिक हानी हुने, करावासमा पनि पर्न सक्ने हुन्छ ।

१७, अन्धकारमा हिंडिरहेको देखेमा – बिभिन्न परिस्थितीहरु बिग्रदै जाने र बिभिन्न कठिनाईहरु उत्पन्न हुने हुन्छ।

१८, चर्को चर्को कराइरहेको आवाज सुनेमा – परिवारमा झगडाको झगडा हुने ।

१९, नाकबाट रगत बगेको देखेमा – बिरामी पर्ने संकेत ।

२०, पंहेलो – अर्काको इर्ष्या गर्ने ।

२१, कालो – दुर्भाग्य सुरु हुने ।

२२, कामबाट वा कार्यालयबाट निकालेको देखेमा – आफ्नो मृत्यु हुने वा सम्पत्ति नष्ट हुने ।

२३, जहाज, पानीजहाज, ढुङ्गाबाट खसेको देखेमा – बिरामी हुने, जेल जानुपर्ने हरेक योजना असफल हुने हुन्छ ।

२४, उल्लु देखेमा वा त्यो सित बोलेको देखेमा – बिरामी हुने वा अरुबाट अपमानित हुने।

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि ज्यो. डा. सन्तोष उपाध्याय रेग्मी गुरुसंग ज्योतिष परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *