ग्रहसँग सम्बन्धित विभिन्न विषयहरु

सूर्य :- जन्म, मस्तिष्क, टाउको, पिता, काका, बडाबा वा पुरुष मान्यजन, सरकारी काम, नेतृत्व, प्रशासनिक सम्बन्ध, निर्णय क्षमता र प्रतिष्ठा, घोडा इत्यादि।

चन्द्रमा :- किशोर अवस्था, अनुहार, मुख, मन, आमा, सानिमा, ठूलिआमा, महिला मान्यजन, प्रेम, कल्पना, भावना, शान्ति, रसादि, औषधी, पेयपदार्थ, पौष्टिक पदार्थ, शीतलता, चिसो पदार्थ इत्यादि।

मङ्गल :- वैंस, रगत, फोक्सो, फियो, दाँत, पिठ्युँ, क्रोध, आँट, आत्मबल, साहस, हिम्मत, दाजुभाइ, बन्धुवान्धव, इष्टमित्र, समान उमेरका पुरुष नातेदार, हातहतियार, माटो, जग्गाजमिन, स्वदेश, देशभक्ति, कर्तव्य र सेवाभावना जोडिएका काम इत्यादि।

बुध :- कुमार अवस्था, छाती, मुटु, दूध, चलाखी, धूर्त्याइँ, दिदीबहिनी, मावली, भान्जाभान्जी, कुटुम्बपक्ष र समान उमेरका स्त्री नातेदार, ज्ञानविज्ञान, पठनपाठन, प्रविधि, बुद्धि, प्राज्ञिक क्षेत्र, साजसज्जाको क्षेत्र, व्यापार, वाणिज्य, वित्तीय क्षेत्र, ठगी, चलाखी, धुर्त्याइँ, छट्टुपन, मोटरवाहन (निजी) आदि।

बृहस्पति :- विद्यार्थी अवस्था, पित्त, कलेजो, आन्द्रा, मलद्वार, छोराछोरी, कुल, वंश, शिष्य, भद्रभलादमी आप्तजन, ससुरा, सम्धीसम्धिनी वा आफूले सम्बन्ध गाँसेका नातागोताका मानिसहरू, पितृदेवता, तन्त्रमन्त्र, राजनीति, कुटनीति, दर्शन, अध्यात्म, सत्य, सैद्धान्तिक ज्ञान, तपस्या, साधना, शास्त्र, परम्परा, पुस्त्यौनी काम आदि।

शुक्र :- गार्हस्थ्य जीवन, स्त्रीजाति, श्रृङ्गार, काव्य, सौन्दर्य, गीतसङ्गीत र ललितकला, मूत्र प्रणाली, प्रजनन क्षमता,  यौनभावना, मैथुन, कामुकता, लज्जा, भोगविलास, पति वा पत्नी, विपरीतलिङ्गी साथीहरू, विज्ञानप्रविधि, इलेक्ट्रोनिक काम, रसायन, रसादि, यौनसामाग्रीको व्यापार, भान्सामा प्रयोग हुने वा गृहिणीले उपयोग गर्ने सरसामाग्री, खेलकुद, गाईबाख्रा आदि।

शनि :- बुढेसकाल र मरण, कम्मर, हड्डी, हातखुट्टा, सेवाभावना, श्रम, छोराछोरी, नोकरचाकर, दास, श्रमिक, आफूमुनिका कर्मचारीहरू, दिनहीन अवस्थाका व्यक्तिहरू, फलाम, मिलमेसिनरी, कलपूर्जा, प्रविधि, सीप, न्याय, प्रशासन, दण्ड, भैंसी, मोटरवाहन (भाडाको) आदि।

राहु :- परदेशी जीवन, विदेश यात्रा, स्नायु प्रणाली, छाला, नसा, पाचन प्रणाली, जालसाजी, फट्याइँ, चोरीडकैती, जेलनेल, साथीसङ्गति, व्यापारिक साझेदार, सामाजिकता, चराचुरुङ्गी, माछामासु, मादक पदार्थ, सेवामूलक काम, दुर्गन्ध, फोहोर आदि ।

केतु :- हवाइ यात्रा, जोर्नी, गोलीगाँठो, जोश, उत्तेजना, चिन्तन, सोचविचार, चिन्ता, छट्पटी, उच्चाकाङ्क्षा, मनोरोग, मानसिक विचलन, गूढ रहस्य, अनुसन्धान, अतिन्द्रिय वस्तु (दिवास्वप्न) गुरुपुरोहित, धर्मगुरु, सन्तति (छोराछोरी र नातिनातिनासमेत), भ्रष्टाचार, दुर्व्यसन, व्यभिचार, पुरातत्त्व, परम्परा, अनुसन्धान, खोजी, गुप्तचर, कुटनैतिक काम आदि।

विस्तृत रुपमा सल्लाह सुझाव लिनको लागि हामीलाई Viber & WhatsApp – 9856037823 मा फोन गरि परामर्श लिन सक्नुहुनेछ । परामर्श अनलाईन मार्फत दिईनेछ ।
सल्लाह सुझाव एवं प्रतिक्रीयाको लागि कमेन्ट गर्नुहोला । धन्यवाद । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Shopping Cart