विवाह गर्दा किन चिना जुराउन पर्दछ ?
विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन । फेरि विवाह गरे …